सिन्धुपाल्चोकमा बस पल्टिँदा १९ जना घाइते, १ को अवस्था गम्भीर

सिन्धुपाल्चोकमा बस पल्टिँदा १९ जना घाइते, १ को अवस्था गम्भीर

काठमाडौं : सिन्धुपाल्चोकको ११ किलोमा बस पल्टिँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ। 

प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा दोलखाको बलेफी गाउँपालिका–७ का ३७ वर्षीय सीताराम थापा छन्। उनको ढाडमा चोट लागेको र उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

बाँकी १८ जनाको खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ।

दोलखाको सिंगटीबाट काठमाडौ आउँदै गरेको बा २ ख २७८९ नम्बरको यात्रुवाहक बस लामोसाँघु–जिरी सडक खण्डको सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको हो।

तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार भएका छन्। 

२० माघ, २०७७, १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।