कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । 

नियमित तर्फ परीक्षामा सहभागी तीन लाख १० हजार तीन सय १६ जना मध्ये सबै भन्दा धेरै जिपिए २ दशमलव ४१ .२ दशमलव ८० मा एक लाख नौ हजार तीन सय १२ विद्यार्थीको ग्रेड वृद्धि भएको बोर्डले जनाएको छ । 

यस्तै ग्रेडबृद्धि तर्फ ९१ हजार नौ सय जना सहभागी थिए भने आंशिक तर्फ ३१ जार ५५ जना गरी चार लाख ३३ हजार २ सय ७१ जना परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ । 

आंशिक तर्फका एक जनाको नतिजा रद्द गरिएको छ भने नियमित तर्फ छ हजार तीन सय २० जनाको स्थगित गरिएको छ । यस्तै दुई हजार नौ सय ८२ जना ग्रेडबृद्धि तर्फका र दुई हजार एक सय ८८ जना आंशिक तर्फका विद्यार्थीको नतिजा स्थगित गरिएको छ । आंशिक तर्फ २५ हजार दुई सय ८८ जना उत्तीर्ण भएका छन् ।  यो ८१ दशमलव ४३ प्रतिशत हो । 

गत वैशाख ८ गते देखि सञ्चालन हुनु पर्ने कक्षा १२ को परीक्षा कोरोना भाइरसका कारण पूर्णाङ्क घटाएर गत मङ्सिर ९ गते देखि सञ्चालन गरिएको थियो । कक्षा १२ लाई को परीक्षा ४० प्रतिशत पूर्णाङ्कको मात्र थियो ।

बाँकी ६० प्रतिशत मध्ये ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको थियो । 

बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कक्षा १२ को मौका परीक्षाबारे भने अहिले निर्णय नभएको बताए। 

१९ माघ, २०७७, ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।