राजनीति

पार्टी एकीकरण अभियानबाट ओली र दाहाल टाढिन सक्दैनन् : गौतम 

उकेरा संवाददाता


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी दुई समूहमा विभाजन भएपछि दुईतिर फर्किएका अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल नेकपा एकता अभियानबाट टाढिन नसक्ने बताएका छन्। 

ललितपुरको धोविघाटमा आज (बुधबार) नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै उनले यस्तो बताएका हुन्। पार्टी एकीकरणबाट विमुख भए ओली र दाहाल सैनिकबिनाको सेनापतिजस्तो हुने पनि गौतमको भनाइ छ। 

साथै उनले ओली र दाहाललाई एकैतिर फर्काउन सक्ने तागत आफूसँग भएको बताएका छन्। 

‘केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन। प्रचण्डजी म नहुँदा हो, नभए जहिल्यै एकताको पक्षमा हो,’ उनले भने, ‘म एकातिर जान्छु। र, केपीलाई प्रचण्डतिर फर्काइदिन्छु, प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ।’

उनले पार्टी दुई समूहमा विभाजन हुनुमा ओली र दाहाल दुवै बराबर जिम्मेवार रहेको बताए। 

‘एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले तिमीले बहुमत पुर्याउँदै छु मैले प्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने कारणले नै अहिलेको अवस्था आएको हो,’ उपाध्यक्ष गौतमले भने।

उनले थपे, ‘तराजुमा राखेर हेर्ने हो भने गल्ती गर्नेमा कसको धेरै छ कसको कम छ भनेर हेर्दा मैले एउटाको बढी र अर्कोको कम देखिनँ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एमालेमा ओली राज: निर्वाचित समिति मुखले भङ्ग 

चैत १ गते बैठक बस्ने भनिए पनि उनले शुक्रवार आफू निकटका केन्द्रीय सदस्यहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए। एमालेका ओली निकट नेताहरूले प्रारम्भमा बालुवाटारको बैठक....

प्रदेश १ : संसद् अवरुद्ध गर्ने तयारीमा सरकार पक्ष 

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना भएसँगै चलखेल बढ्न थालेको हो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने भएपछि....

नेकपा उपाध्यक्ष वामदेव गौतम आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

बिहान ११ बजे ललितपुरको धोवीघाटमा उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्ने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदी जानकारी दिए।  अभियान घोषणा कार्यक्रमका लागि गौतमले....

संसद् विघटनप्रति काँग्रेस अझै ‘नरम’ 

निर्वाचन क्षेत्र, प्रदेश र स्थानीय निकायमा आन्दोलनका कार्यक्रम चलाएको काँग्रेसले भातृ र शुभेच्छुक संस्थाको आयोजनामा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। मङ्गलवार बसेको केन्द्रीय समितिको बैठकले....

वामदेव नेकपाको ‘अवैध’ उपाध्यक्ष

नेकपामा विवाद चर्किएसँगै पार्टीका २ अध्यक्ष दुईतिर लागे। बामदेव अहिलेसम्म कुनै गुटमा छैनन्। उनी नेकपाको उपाध्यक्षको हैसियतमा पार्टी एकीकरणको अभियान अगाडि बढाउने तयारीमा छन्। तर....