राजनीति

नेकपा उपाध्यक्ष वामदेव गौतम आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

उकेरा संवाददाता


काठमाडौँ : नेकपाका उपाध्यक्ष बामदेव गौतमले आज (बुधवार) पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेका छन्। पार्टीभित्र आन्तरिक किचलो र फुट देखिएपछि गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेका हुन्।

बिहान ११ बजे ललितपुरको धोवीघाटमा उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्ने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदी जानकारी दिए। 

अभियान घोषणा कार्यक्रमका लागि गौतमले नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई आमन्त्रण गरे पनि सहभागी हुने नहुने टुङ्गो नभएको सुवेदीले बताए।  

‘पार्टी कार्यकर्ताको ठुलो पङ्क्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ। त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौँ’, गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिस्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरूलाई पनि यो अभियानमार्फत एकताबद्ध गर्ने उद्देश्य राखिएको छ।’

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि सत्तारुढ नेकपा अनौपचारिक रूपमा विभाजित भएको छ। बामदेवले भने आफू कुन समूहको भनेर खुलेका छैनन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एमालेमा ओली राज: निर्वाचित समिति मुखले भङ्ग 

चैत १ गते बैठक बस्ने भनिए पनि उनले शुक्रवार आफू निकटका केन्द्रीय सदस्यहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए। एमालेका ओली निकट नेताहरूले प्रारम्भमा बालुवाटारको बैठक....

प्रदेश १ : संसद् अवरुद्ध गर्ने तयारीमा सरकार पक्ष 

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना भएसँगै चलखेल बढ्न थालेको हो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने भएपछि....

पार्टी एकीकरण अभियानबाट ओली र दाहाल टाढिन सक्दैनन् : गौतम 

ललितपुरको धोविघाटमा आज (बुधबार) नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै उनले यस्तो बताएका हुन्। पार्टी एकीकरणबाट विमुख भए ओली र दाहाल सैनिकबिनाको सेनापतिजस्तो हुने....

संसद् विघटनप्रति काँग्रेस अझै ‘नरम’ 

निर्वाचन क्षेत्र, प्रदेश र स्थानीय निकायमा आन्दोलनका कार्यक्रम चलाएको काँग्रेसले भातृ र शुभेच्छुक संस्थाको आयोजनामा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। मङ्गलवार बसेको केन्द्रीय समितिको बैठकले....

वामदेव नेकपाको ‘अवैध’ उपाध्यक्ष

नेकपामा विवाद चर्किएसँगै पार्टीका २ अध्यक्ष दुईतिर लागे। बामदेव अहिलेसम्म कुनै गुटमा छैनन्। उनी नेकपाको उपाध्यक्षको हैसियतमा पार्टी एकीकरणको अभियान अगाडि बढाउने तयारीमा छन्। तर....