उकेरा स्वास्थ्य

टेकु अस्पतालको खोप केन्द्रमा सुनियो : पहिलो खोप त प्रधानमन्त्रीले लगाए हुने नि !


बुधबार पहिलो खोप लगाउने टेकु अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारी खोप केन्द्रमा

काठमाडौँ : मङ्गलवार दिउँस ३:३० बजे टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा साफ सफाइको काम भइरहेको थियो। 

यो अस्पतालका स्वास्थ्यकर्मी एक वर्ष कोरोना भाइरसविरुद्धको लडाइँमा छन्। पहिलो सङ्क्रमितको उपचार उनीहरूले नै गरेका थिए। सामान्य पिपिई समेत नहुँदा होमिएका स्वास्थ्यकर्मी बुधवारबाट कोरोनाविरुद्धको खोप लगाउँदछन्।

उनीहरू मङ्गलवार त्यही खोप केन्द्रको तयारी गर्दै थिए। तर खै किन हो उनीहरू टोलाइरहेका थिए। उनीहरूमा मुस्कान देखिएन। तर आस भने थियो कि।

स्वास्थ्यकर्मीहरू अस्पताल प्राङ्गणमा खोपको तयारीमा जुटिरहेको बेला अस्पतालभित्र भेन्टिलेटरमा २ जना कोरोना सङ्क्रमित छन्। अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार अस्पतालमा १४ जना कोरोना सङ्क्रमित उपचार गराइरहेका छन्। डा. बास्तोलाले भने,‘२ जना भेन्टिलेटरमा छन्।’ 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलवार सम्मको तथ्याङ्क अनुसार देशभरमा २ हजार १७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ। यही अस्पतालमा कोरोना सङ्क्रमणबाट ४१ जनाले ज्यान गुमाए। उनीहरूले सयौँ सङ्क्रमितको ज्यान जोगाए।

मङ्गलवारै स्वास्थ्य मन्त्री ह्दयश त्रिपाठी खोप केन्द्रको तयारीबारे अवलोकन गर्न आएका थिए। टेकु अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले मन्त्री त्रिपाठी, मन्त्रालयका सचिव लक्ष्मण अर्याल लगायतको टोली पूर्व तयारीको अवलोकनका लागि आएर फर्किएको जानकारी दिए।

प्रधानमन्त्रीलाई पहिलो खोप !

टेकुको खोप केन्द्रमा पहिलो खोप अस्पतालका निर्देशक राजभण्डारीले लगाउने पक्का भइसकेको छ। दोस्रो खोप डा अनुपले लगाउँछन्। खोप लगाउने सूचीमै छन् डा शेरबहादुर पुन पनि ।

सरकारले भारतबाट अनुदानमा पाएको कोभिसिल्ड भ्याक्सिन पहिलो चरणमा फ्रन्टलाइनरहरुलाई दिँदै छ। त्यसैको तयारी हो टेकुमा। तर स्वास्थ्यकर्मीहरू भने खोपप्रति त्यत्ति विश्वस्त देखिएनन्।

‘पहिलो खोप त प्रधानमन्त्री र मन्त्रीले लगाउनुपर्छ,’ गाउन लगाएकी अधबैँसे स्वास्थ्यकर्मी भन्दै थिइन्‘ अनि पो अरूलाई विश्वास हुन्छ।’

एक वर्षसम्म जीवन मरणको दोसाँधमा रहेर कोरोना सङ्क्रमितको उपचारमा खटिएका चिकित्सकमा खोप आयातले आस त पक्कै जगाएको छ। तर, खोप लगाउँदा केही समस्या पो भैहाल्छ की भन्ने अर्कातर्फ  पिर पनि देखियो। 

किनकि यो खोप भारतमा लगाउँदा केहीमा साइडइफेक्ट देखिएको छ। नेपालमा आएको खोप पनि त्यही हो। यत्रो समय त कोरोनाबाट जोगिन सकियो भने अब किन खोप लगाएर जोखिम मोल्ने भन्ने सोच देखियो केही स्वास्थ्यकर्मीमा।

अस्पतालमा बुधवार करिब ३ सय ५० स्वास्थ्यकर्मीलाई खोप लगाउने योजना रहेको निर्देशक डा.राजभण्डारीले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कोरोनाको नयाँ भेरियन्टको त्रासका बिच सुखद खबर : कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट कसैको मृत्यु भएन। तथ्याङ्क अनुसार २ सय ४६ जनामा सङ्क्रमणको पुष्टि भए पनि....

कोरोनाको नयाँ भेरियन्टबाट आत्तिनु पर्नेछैन : डा. शेरबहादुर पुन

दक्षिण अफ्रिका, हङकङ लगायतका ९ देशबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय सरकारले गरेको छ। हाल नेपाल आउँदै गरेका अनिवार्य क्वारेनटिनमा बस्नु पर्नेछ।  डाक्टर....

भारतमा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्टका २ सङ्क्रमित

मन्त्रालयका अनुसार ६६ वर्ष र ४६ वर्षका पुरुषको सिक्वेन्सिङबाट उनीहरूमा कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण भएको पुष्टि भएको हो। नयाँ भेरियन्ट नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा....

स्पेनमा तीन, अमेरिकामा एक जनामा ओमिक्रोन पुष्टि

यस्तै पछिल्लो विवरणअनुसार अमेरिकामा पनि ओमिक्रोन फेला परेको छ। बुधबार अमेरिकाको क्यालिफोर्नियामा ओमिक्रोन फेला परेको हो। क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरूका अनुसार यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट....

अत्यावश्यक काममा बाहेक विदेश नजान स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयका अनुसार साउथ अफ्रिका र एसियाका केही देशमा यो भेरियन्ट देखिए पनि हालसम्म नेपालमा भने देखिएको छैन। विश्व स्वास्थ्य सङ्गठनले यसलाई भेरियन्ट अफ कन्सर्न घोषणा....