उकेरा अपडेट

युट्युब सेन्सर गर्न कार्यविधि बनाउँदै सरकार

उकेरा संवाददाता


काठमाडौँ : युट्युबमा आउने सामाग्री नियमन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यविधि बनाउन लागेको छ।  उसले अनलाइन टेलिभिजन समेत नियमन गर्न मिल्ने गरी कार्यविधि बनाउन लागेको हो।

जानकार स्रोतका अनुसार यसका लागि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण र सूचना तथा प्रसारण विभागलाई निर्देशन दिइसकेको छ।

दुवै निकायलाई २ महिनाभित्र कार्यविधि बनाउन निर्देशन गएको हो। कार्यविधि बनाउँदा कस्ता सामाग्री प्रसारणको अनुमति दिने र कुन विषयमा रोक लगाउने, रोक लगाउने विधि के हो लगायतका विषय समेट्न निर्देशन गएको हो।

मन्त्रालयले कार्यविधि बनाउनुपर्दाको कारण विकृति बढेको दाबी गरेको छ।

पछिल्लो समय युट्युब दृश्य प्रसारणमा शक्तिशाली बन्दै आएको छ। रेभिन्यु बढाउने लोभमा स्तर हीन सामाग्रीको निर्माण र प्रशारणकोक्रम बढे पनि मूलधारमा सञ्चारमाध्यम समेत यसैमा निर्भर हुन थालेका छन्।

वैकल्पिक माध्यम भनिएको युट्युब प्रभावशाली बन्दै गएपछि सरकारको आँखा परेको हो। यस अगाडि सरकारले नियमन भन्दै अनलाइन सञ्चार माध्यमलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याएको थियो।

सम्भव होला ?
सरकारले यस अगाडि फेसबुक लगायतका सामाजिक सञ्जाल समेत नेपालमा दर्ता गर्नुपर्ने प्रावधानसहितको कानुन बनाउने प्रयास गरेको थियो जुन रोकिएको छ। अहिले युट्युबमा जे पायो त्यही सामाग्री आइरहेको बहानामा पुन सरकार नियन्त्रणमुखी नीति बनाउन कस्सिएको छ। नेपालमा युट्युबको मिरर सर्भर छ। सरकारले चाहेमा कुनै सामाग्री नेपालमा हेर्न नमिल्ने बनाउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कृष्णप्रसाद हत्या अभियोग लागेका सबैलाई सफाइ दिने चितवनको फैसला सदर 

घटनाका प्रतिवादी गोरखा फुजेलका सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज....

शिवपुरी नागार्जुन जंगलमा लागेको डढेलो नियन्त्रणमा 

आगो नियन्त्रण लिन सिम्रिक एयरलाइन्सको हेलिकोप्टरले पानी हालेको प्रहरीले बताएको छ। यसै गरी तीन वटा दमकल पनि आगो निभाउन प्रयोग गरिएको थियो। सिम्रिक एअरको हेलिकप्टरले....

सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा पर्व मनाइयो

नेपाली सेनाले हरेक वर्ष जस्तै यो वर्ष पनि टुँडिखेलस्थित सैनिक मञ्चमा घोडेजात्रा पर्व मनाएको हो। पर्वका अवसरमा राइड पास/डगद्वारा मार्चपास, टांगन घोडा दौड/डगद्वारा बुकी लोटस, साइकल....

कोरोना सङ्क्रमणबाट विदेशमा रहेका ३ सय ४९ नेपालीको ज्यान गयो

समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपाली कोरोनाबाट सङ्क्रमित भए। कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अस्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा  ३ सय ४९....

बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जङ्गल छेउको बारीमा बाख्रा चराउन गएकी गेरुवा गाउँपालिका भटेरा बस्ने भुन्टी बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बोहराको लासलाई घटनास्थलबाट....