प्रदेश

ओलीको पक्षमा लाग्नु कम्युनिस्ट पार्टीको लागी नर्क जाने कुरा हो : योगेश भट्टराई 

उकेरा संवाददाता


इटहरी : नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्नु नर्क जानू सरह रहेको बताएका छन्  । प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्को सदस्य भएर काम गरेका उनले प्रचण्ड नेपाल समूहले इटहरीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा ओलीको प्रतिगमनको विरुद्धमा लाग्न कार्यकर्तालाई आग्रह गरे।  

कम्युनिस्ट पार्टीको कार्यकर्ता बिचार र सिद्धान्तबाट निर्देशित हुने दाबी गर्दै उनले छलफल र संवादबाट भाग्नेको पक्षमा लाग्न नहुने तर्क गरे । 'प्रधानमन्त्री ओली मनपरी र स्वेच्छाचारी ढङ्गले अगाडि बढ्नु भएको छ ,’उनले भने, विवेकशील मान्छेले प्रधानमन्त्रीको हुकुम मान्न सक्दैनन् ।'

पार्टीको स्थायी कमिटीमा छलफल गरौं भन्दा भाग्ने काम गरेको भन्दै उनले आफू माथि उठेका प्रश्नको जवाफ माग्दा संसद् विघटन गर्ने दुस्साहस गरेको दाबी गरे। 

 

‘अहिले दुवै समूहबाट भएका कार्यक्रममा कति श्रम र खर्च लगानी भएको छ यदि केही दिन छलफल गर्दिएको भए यत्रो रुवावासी गर्नुपर्ने थिएन ,’उनले भने, प्रत्येक पार्टी नेता तथा सदस्यले इज्जतको साथ काम गर्ने वातावरण होस । उमेर हद लगाएर एउटा व्यक्ति २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नसक्ने व्यवस्था गरौँ भन्ने मेरो बुझाइ छ।’

 

अहिलेको लडाइ प्रचण्ड नेपाल र ओली बिचको नभई  प्रतिगामी कदमको विरुद्धको आवाज रहेको उनको दाबी छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....

बिरामीले भरियो सेती अस्पताल : उपचार नपाउँदा ६ जनाको मृत्यु 

सेती अन्तर्गत रहेको ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको  र १५ शय्याका आकस्मिक कक्ष पनि भरिए पछि आकस्मिक कक्षकै ग्यालरीबाटै उपचार थालिएको अस्पतालका सूचना अधिकारी....