उकेरा कोलम

डाक्टरको सुख-दुःख : सुझाव दिन सजिलो, आफैँ पालना गर्न गाह्रो


काठमाडाै‌ :बिहीबार (७ गते) दिउँसो २ बजे वीर अस्पताल पुग्दा चर्म तथा छाला रोग विशेषज्ञ (डर्माटोलोजिस्ट) डा. अनुपमा कार्की (कुँवर) गाउन, मास्क, फेससिल्ड जस्ता व्यक्तिगत सुरक्षा सुरक्षा सामग्री लगाएर बिरामीको उपचारमा खटिरहेकी थिइन्। 

डा. अनुपमा वीर अस्पतालको चर्म तथा छाला रोग विभागको प्रमुखको जिम्मेवारीमा छिन्।

कोरोना भाइरस सुरु हुनुअघि ओपिडीमा बिरामीको जाँच गर्दा उनले सामान्य चिकित्सकीय गाउन लगाउँदा पुग्थ्यो। कोरोना भाइरसको महामारीको समयमा भने चिकित्सकलाई पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट/व्यक्तिगत सुरक्षाका सामग्री) लगाउनै पर्याे। 

चिकित्सकीय पेसा प्रतिष्ठित तथा इज्जतिलो पेसा हो। आर्थिक हिसाबले पनि यो पेसा राम्रै हो।  तर, बिहान सबेरैदेखि बेलुका अबेरसम्म बिरामीको उपचारमा व्यस्त हुने भएकाले सोचे जस्तो सहज दैनिकी भने हुन्न चिकित्सकको। 

व्यस्तताले उनीहरू बिरामीलाई जे भन्छन् आफै त्यो पालना गर्न भने हम्मे नै पर्ने गरेको अनुभव उनीसँग छ।

व्यस्त दैनिकी

डा. अनुपमाको परिवार

९ र ३ वर्षका दुई छोरीकी आमा हुन् उनी। श्रीमान् बैङ्कमा काम गर्छन्। दुवै कामकाजी। 

उनको बिहानी ६:३० बाट सुरु हुन्छ प्राय। त्यसपछि केही बेर व्यायाम गर्छिन्। छोरीहरूलाई खाना खुवाउँछिन्। भ्याएसम्म भान्सामा छिरेर खाना बनाउँछिन्। बिहान सबेरै घरबाट निस्किएकी उनी बेलुका साँझ मात्रै घर पुग्छिन्। 

प्राय बिहान अस्पताल निस्कन हतार हुन्छ। दिउँसो छोरीहरूको रेखदेखमा सासू–ससुराले सघाउने भएकाले केही होलो छ उनलाई।

परिवार, बालबच्चा, माइती, आफन्त र कामलाई ब्यालेन्स गर्न निकै चुनौती हुने उनको अनुभव छ। तर, परिवार सहयोगी छ। उनको व्यस्तता बुझेका छन्। 

दिनभरि बिरामीको उपचारमा व्यस्त भएर बेलुका घर फर्कँदा उनी थकाइ लाग्ने नै भयो। घर पुगेर छोरीहरू तथा परिवारसँग रमाउन पाउँदा थकान केही कम हुने उनले बताइन्।

परिवारलाई समय दिन नसक्दा भने कहिलेकाहीँ उनलाई दिक्क लाग्छ। बिरामीको सेवामा व्यस्त रहने उनलाई आफ्नै परिवार बिरामी हुँदा खटिन नपाउँदा अलि दिक्क लाग्छ। आफन्त बिरामी हुँदा भेट्न जानसमेत मुस्किल पर्छ रे ।

बिरामीको चापले मानसिक तनाव

धेरै काम गरेपछि एकोहोरो भएको महसुस हुने उनको अनुभव छ। बिरामीको चापले गर्दा मानसिक रूपमा तनावसमेत उत्पन्न हुने उनी सुनाउँछिन्। डा. अनुपमाले भनिन्, ‘कामको चापले मेन्टल स्ट्रेस हुन्छ।’

हप्तामा एक दिन पाउने बिदा आरामका लागि पर्याप्त नहुने उनेका अनुभव छ। 

उनलाई कामको चापपछि शारीरिक तथा मानसिक रूपमा आराम  चाहिएको अनुभव भएपछि उनी  ७/१० दिन बिदा लिएर परिवारसँग समय बिताउँछिन्, उनी। घुमघाम गर्छिन्। डा. अनुपमाले भनिन्, ‘एउटा टाइम आएपछि मलाई ब्रेक चाहिएको फिल हुन्छ। त्यसपछि ७/१० दिन बिदा लिन्छु।’ 

'अरूलाई सिकाउँछौँ, आफै भ्याउँदैनौँ'

चिकित्सकहरूले सन्तुलित खानपान, व्यायामजस्ता स्वस्थ जीवनशैलीका टेक्निक अपनाउन सुझाउँछन्। तर, चिकित्सकको आफ्नै दैनिकी  अस्तव्यस्त हुन्छ। 

व्यस्तताले न भनेको समयमा खान भ्याउने अवस्था हुन्छ। न त स्वस्थ जीवनशैलीकै लागि सहज नै।  

यो पक्षलाई डा. अनुपमा चिकित्सकको खराब पक्षका रूपमा लिन्छिन्। अरूलाई स्वास्थ्य रहने सल्लाहचाहिँ दिने तर, आफैँ सुस्वास्थ्य रहने उपाय अपनाउन नभ्याउँदा  कहिलेकाहीँ खिन्न लाग्ने गरेको उनले बताइन्। 

त्यसैले चिकित्सकलाई खराब पेसेन्ट (बिरामी) भनिने गरेको उनले प्रसङ्ग सुनाइन्। डा. अनुपमा भन्छिन्, ‘डक्टर आर वर्थ पेसेन्ट। हामीलाई सबै कुरा थाहा छ। तर, स्वास्थ्य जीवनशैली अपनाउन भ्याइँदैन।’

अस्पतालबाट इमर्जेन्सी फोन 

परिवारसँग रमाइरहेका बेला कहिलेकाहीँ अस्पतालबाट इमर्जेन्सी फोन  आउँछन्। फोन आउँदा तुरुन्तै दौडिहाल्नुपर्ने हुन्छ। ढिलो गर्दा बिरामीको ज्यानै जान सक्छ।

उनी चर्म तथा छाला रोग विशेषज्ञ भएकाले  त्यति धेरै इमर्जेन्सी कल भने आउँदैन। 

अहोरात्र अध्ययन

डा.अनुपमाले सन् २००१ मा बङ्गलादेशको ढाकाबाट एमबिबिएस उत्तीर्ण गरेकी हुन्। एमबिबिएसपछि उनको जागिर सन् २००२ मा वीर अस्पतालबाट सुरु भयो। अध्ययनलाई थप तिखार्दै उनले सन् २००७ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट एमडी गरिन्।

त्यसपछि उनी चर्म तथा छाला रोग विशेषज्ञ भइन्।

एमबिबिएसदेखि एमडी गर्दासम्म अहोरात्र अध्ययनमा खट्नुपर्छ। डा. अनुपमा एमडीसम्मको अध्ययन गर्दाको क्षण सम्झन्छिन्, ‘हाम्रो लाइफमा ९ वर्ष त पढेको पढ्यै, पढेको पढ्यै हो क्या। त्यसपछि यो फिल्डको स्पेसलिस्ट भएर काममा आउँछौँ।’ 

चिकित्सकीय पेसा संवेदनशील हो– एउटा सानो गल्तीले बिरामीको ज्यान जान सक्छ। त्यसैले अध्ययन, अनुसन्धान तथा प्रेशाप्रतिको संवेदनशीलतामा असाध्यै चनाखो हुनुपर्छ।

पेसामा सन्तुष्ट

तर, जति नै व्यस्त भए पनि यो पेसाप्रति उनलाई गर्व छ। उनले सयौँको ज्यान बचाइसकेकी छन्। त्यसैले बिरामीको सेवा गर्न पाएकोमा उनी गर्व गर्छिन्। 

चिकित्सकीय पेसा उनले करले पढेकी हैनन्। रहरले नै पढेकी हुन्। डा. अनुपमाले सुनाइन्, ‘यो प्रोफेसनल छानेकोमा म स्याटिस्फाइड छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....