शिक्षा

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

उकेरा संवाददाता


काठमाडौं:  सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको छ।

११ कक्षामा पुरानै पाठ्यक्रम पढाउनुपर्ने माग गर्दै परेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

इजलासले पुरानो पाठ्यक्रम नभएर नयाँ पाठ्यक्रम पढाउन आदेश दिएको सर्वोच्च आदतलले जनाएको छ।
भगवता अर्याललगायतले गत असोज २८ गते पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई सो रिट दर्ता गराएका थिए। पटक–पटक पेसी सर्दै आएको थियो।

सर्वोच्चले गएको कार्तिक २० गते  ‘विद्यालय शिक्षा पाठ्यक्रम प्रारूप–२०७६’ लागू नगर्न अन्तरिम आदेश जारी गरेको थियो। तर, मुद्दाको अन्तिम सुनुवाइ गर्दै नयाँ पाठ्यक्रम लागू गर्न आदेश गरेपछि पाठ्यक्रमको अन्यौलता हटेको छ। 

शिक्षा मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाइ हुने व्यहोरा उल्लेख गराएपछि विद्यालयहरुले त्यही अनुसार पढाउन थालेका थिए। तर, सर्वोच्चको अन्तरिम आदेशसँगै कतिपय विद्यालयहरुले उक्त पाठ्यक्रम अनुसार पढाउन छोडेका छन्।

विद्यालयहरुले नयाँ तथा पुरानो पाठ्यक्रममा समान रहेका विषय मात्र पढाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

मन्त्रीको स्वार्थ नमिलेपछि शिक्षक सेवा आयोग ५ महिनादेखि पदाधिकारीविहीन 

नियुक्तिमा ढिलाइ हुँदा आयोगका नियुक्ति, सरुवा, बढुवासँगै नीतिगत काम ठप्प भएका छन्।  गत भदौमा लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा शिक्षक सेवा आयोगका पदाधिकारी....

बीएन्डसीलाई सम्बन्धन दिने निर्णय सच्याउन काँग्रेसको माग 

‘बारम्बार यस्ता हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा हो,’ काँग्रेसले निकालेको विज्ञप्तिमा भनिएको,‘शिक्षामन्त्री स्वयंले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सृजना नगर्न....

यो वर्ष असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने

जेठ भित्र सबै परीक्षा सक्ने र कोरोना भाइरसका कारण साबिकको विद्यालय छाडेर पायक पने स्थानमा पुगेका विद्यार्थीलाई स्थानान्तरण गर्ने बाटो समेत खुला गर्ने निर्णय मन्त्रालयले....

विद्यालय स्थानान्तरण सहज, कक्षा १० मा पनि अब भर्ना हुन सकिने

यस अगाडिको नियमावलीमा कक्षा ९ सम्म मात्र भर्ना हुन सकिन्थ्यो। नियमावलीले कक्षा नौ मा जुन विद्यालयमा रजिस्ट्रेसन फाराम भरेको हो त्यहीबाट मात्र एसइईको परीक्षा दिन....

बुर्जुवा शिक्षामा भविष्य खोज्दै पूर्वलडाकुका सन्तान 

जनवादी शिक्षा लागु गर्ने लडाइमा आमा गुमाएका अभिषेक बुर्जुवा शिक्षामै भविष्य खोजिरहेका छन्। अभिषेक अहिले कक्षा ९ मा अध्ययनरत छन्। ‘आमाको माया नपाई बाल्यकाल बित्यो,....