काठमाडौं : सप्तरीमा गहुँ बाली लगाइएको खेतमा करेन्ट लागेर जंगली हात्तीको मृत्यु भएको छ।
प्रदेश
सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु

खड्ग नगरपालिका–५ अमहामा गहुँ बाली लगाएको खेतमा करेन्ट छाडिएको विद्युतीय तार छुँदा हात्तीको शुक्रबार राति मृत्यु भएको डिभिजन वन कार्यालय, राजविराजले जनाएको छ। कार्यालयका अनुसार हात्तीको सुँडले विद्युतीय तार छोएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ।
२०७७ पुष २५ गते ९:५९ मा प्रकाशित