उकेरा जुनियर

हौसला

नीतिकथा


कुनैबेला भ्यागुताहरुको समूह एउटा जंगलको बाटो हुँदै कतै गईरहेको थियो । जंगलको त्यो बाटो निकै खतरनाक थियो । खासगरी भ्यागुताजस्ता साना जीवहरुको लागि त्यो खतरनाक थियो किनकी बाटोमा निकै गहिरा खाल्डाखुल्डीहरु थिए । भ्यागुताहरु निकै होशियारीपूर्वक त्यो बाटो पार गर्दै थिए । यत्तिकैमा दुईवटा भ्यागुताहरु एकैचोटी एउटा खाल्डोमा खसे । उनीहरुको लागि खाल्डाृ निकै गहिरो थियो । त्यो खाल्डोबाट निस्कन लगभग असंभव नै थियो ।

आफ्ना साथी त्यहाँ खसेपछि सबै भ्यागुतोहरुलाई निकै चिन्ता लाग्यो । उनीहरुले आफ्ना खसेका साथीहरुलाई कुनै पनि हालतमा निकाल्न सक्दैनथे । खसेका दुवै भ्यागुताहरुले आफ्नोतर्फबाट बाहिर निस्कन निकै प्रयास गरिरहेका थिए तर जति उफ्रे पनि उनीहरु अलिकति माथी आउँथे अनि फेरी तल खस्दथे । उनीहरुको यो दशा देखेर माथी रहेका साथीहरु पनि निकै दुःखी थिए । उनीहरुले आफ्ना साथीको हालत देखेर निकै माया लाग्थ्यो तर के गर्नु ? उनीहरु पनि विवस थिए । साथीहरुको प्रयास खेर मात्र गईरहेको थियो । हुँदा हुँदा तल रहेका भ्यागुताहरु उफ्रिँदा उफ्रिँदा बेलबेलामा बेहोस पनि हुन्थे अनि फेरी जागेर कोशिस गर्थे ।  माथी रहेका भ्यागुताहरुले हार मान्दै भन्न थाले , " साथीहरु तिमी माथी आउन कोशिस नगर तिमीहरुको मृत्यु अब निश्चित छ बरु शान्तसँग त्यहीँ बस । बेकारमा उफ्रेर दुःख नपाउ ! "

यो कुरा तलका भ्यागुताहरुले सुनेकै थिएनन् त्यसैले उनीहरु आफ्नो पुरापुर कोशिसका साथ उफ्रिँदै माथी आउन प्रयास गर्दै थिए ।
माथीका भ्यागुताहरुले फेरी भन्न थाले,

"तिमीहरुको मृत्यु नजिक छ साथी बेकारमा उफ्रिएर दुःख नगर !"

फेरी पनि तलका भ्यागुताहरुले केही सुनेका थिएनन् त्यसैले उनीहरु अझ जोडका साथ उफ्रिन थाले । यो क्रम घण्टौंसम्म चल्यो ।
माथीका भ्यागुताहरुले भनिरहेकै थिए ,

"साथी हो दुःख नगर तिमीहरुको मृत्यु निश्चित छ ! "

यसपटक भने एउटा भ्यागुतोले यो कुरा सुन्यो अनि उ साँच्चिकै त्यसपछि उठ्न सकेन र त्यही मर्यो ।
अब त्यहाँ एउटा मात्र भ्यागुता रह्यो । माथीका भ्यागुताहरुले अघिकै कुरा दोहर्याईरहेका थिए । तर केहिछिनमै त्यो भ्यागुतो माथी आउन सफल भयो । सबै भ्यागुताहरु खुशी पनि भए अनि एक किसिमको चमत्कार नै भएजस्तो लाग्यो उनीहरुलाई ।
माथी आएको भ्यागुतोले सबै साथीहरुलाई आफ्नो उत्साह बढाएकोमा धन्यवाद दियो ।
सबै भ्यागुताहरु छक्क परे , किनकी उनीहरुले त उत्साह दिएका थिएनन् । बरु तिमीहरुको मृत्यु निश्चित छ भनेका थिए ।
वास्तवमा बाहिर निस्केको भ्यागुतोले कान सुन्दैनथ्यो । उसलाई लागिरहेको थियो कि आफ्ना साथीहरुले उसलाई " तिमी बाहिर आउन सक्छौ ! " भनिरहेका छन् । साथीहरुको त्यही हौसलाका कारण उ बाहिर आउन सफल भयो अनि अर्को भ्यागुतो साथीहरुले तिमीहरु बाहिर आउन सक्दैनौं भनेको सुन्दा सुन्दा उसले साँच्चिकै हिम्मत हार्नाले उसको मृत्यु भएको थियो ।

त्यसैले हामीले पनि कसैले निराश बनाउँन खाज्यो भने त्यसलाई सुनेको नसुन्यै गरेर अघि बढ्नुपर्छ अनि मात्र हामी कठिनभन्दा कठिन काममा पनि सफल बन्न सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बाल चित्र कथा 'एमिली र त्यो चिज' र 'एमिलीको खरायो'  नेपालीमा 

कथालय इन्कले दुवै चित्रकथालाई नेपाली भाषामा प्रकाशित गरेको हो। यी चित्र पुस्तकहरूको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका छन्। यी बाल पुस्तकलाई होड्डर र स्टोङ्टन् (....

सुशीलाको पुस्तक 'पानीमा रुझ्नु हुँदैन' प्रकाशित

चित्र कथाले कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मेर हुर्केका बालबालिकाको सोचाई, बुझाई र व्यवहार कति पृथक् हुन सक्छ भन्ने कुरालाई इङ्गित गरिएको छ। 'पानीमा रुझ्नु हुँदैन' शीर्षक....

Dashain Then Vs Now

In the course of time, The way of celebrating dashain has altered. Before Dashain meant flying kites,family gatherings,eating meats,visiting relative and lots more but now....

बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा

२०७२ सालयता काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा सङ्ग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’....

पुजारीको गोरु

आफुलाई निकै माया गर्ने पुजारीको गरिबी देख्दा गोरुलाई पनि निकै दया लाग्थ्यो । केहि गरी पुजारीलाई सहयोग गर्न पाए हुन्थ्यो भनेर उसले सोचिरहन्थ्यो । एकदिन....