उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी बनाउन माग

उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी बनाउन माग

काठमाडौंः काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियालाई  प्रतिस्पर्धामुलक र पारदर्शी बनाउन माग गरेको छ।

छनोट समितिले उपकुलपतिका लागि सार्वजनिक सूचना आह्वान गरेसँगै संघले यस्तो माग गरेको हो। 

संघले प्रक्रियालाई पारदर्शी बनाउन माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति कृष्ण गोपाल श्रेष्ठलाई सम्भावित उमेद्वारको न्यूनतम योग्यताका बारेमा सुझावपत्र प्रदान गरेको हो।  

विश्वविद्यालयको उपकुलपतिका लागि वैयक्तिक विवरण (सिभी) पठाउन शिक्षा मन्त्री कृष्णगोपाल क्षेष्ठको व्यक्तिगत ईमेल प्रयोग भएपछि नियुक्ति पारदर्शी हुनेमा शंका उत्पन्न हुँदै आएको छ। यसै सन्दर्भमा संघले उपकुलपतिको नियुक्तिमा राजनीति नगर्न भन्दै प्राज्ञिक व्यक्तिलाई स्थान दिन सुझाव पेस गरेको संघका सभापति प्रा.डा. विवेक बरालले जानकारी दिए।  

संघको कार्यकारी समितिले प्राध्यापक संघ र कर्मचारी संघसँग विश्वविद्यालय प्रशासनले गरेका सहमतिहरु र बिगतका सहमतिपत्रहरु र सम्झौताहरुसहित सुझाव दिइएको छ।                                 

 

२३ पुस, २०७७, १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।