ओली समूहमा लागेका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बोहोराले दिए राजीनामा

ओली समूहमा लागेका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बोहोराले दिए राजीनामा

धनगढी : नेकपा विभाजन पछि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले पदबाट राजीनामा दिएका छन्।

मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि बोहोराले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

मन्त्रालयमा पत्रकार सम्मेलन पछि बोहोरा हिँडेरै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका छन्। 

बोहोरालाई नेकपा ओली समूहले केन्द्रिय सदस्यमा मनोनित गरेको थियो। 

बोहोरा अछाम क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) बाट तत्कालिन वाम गठबन्धनबाट निर्वाचित सांसद हुन्।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीसहित बहुमत सदस्य दाहाल–नेपाल समूहमा लागेपछि ओली समूहका मन्त्रीको पद धरापमा परेको हो।

ओली पक्षमा लागेका भौतिक पूर्वाधार मन्त्री पठानसिह बोहरालाई मुख्यमन्त्रीले यसअघि नै पदमुक्त गरिसकेका छन्।
 

२२ पुस, २०७७, १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।