उकेरा फिचर

विभाको ‘टर्निङ प्वाइन्ट’

अनुस्का थापा


काठमाडौं : भर्खरै बिएस्सी सकेर नर्सिङ पेसामा भविष्य खोज्दै थिइन्, विभा ढुंगेल। काठमाडौंमै हुर्केबढेकी उनलाई सुरुमा त बिरामीको हेरचाहमा नै आफूलाई समर्पित गर्नु उपयुक्त लाग्थ्यो। तर, काम गर्दै जाँदा उनलाई रोगको उपचारमा लाग्नुभन्दा रोग नै लाग्न नदिन केही गर्न सकिन्छ कि भन्ने चिन्ताले सताउन थाल्यो।

काठमाडौं विश्वविद्यालयबाट बिएस्सी सकेकी ढुंगेलले नेपाल क्यान्सर रिलिफ सोसाइटीमा कार्यक्रम संयोजकको रूपमासमेत काम गरिन्। यो अनुभवले उनले बालबालिका र क्यानसरको क्षेत्रमा पनि अनुभव बटुलिन्। 

अनि छँदाखाँदाको काम छाडेर गैरसरकारी संस्था (एनजिओ)मार्फत शहर–बजारदेखि दुरदराजसम्म जनचेतना जगाउन थालिन्। त्यो सोच नै अहिले उनको करिअर बदल्ने  ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो।

‘बिरामीको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उपयुक्त हुने महसुस भयो। त्यसपछि एनजिओमा लागेर रोग लाग्नै नदिने उपायबारे जानकारी गराउनुपर्छ भन्ने लागेर त्यतै केन्द्रित हुन थालें,’ उनी भन्छिन्, ‘यसबारे महत्त्व थाहा पाएपछि रोगको रोकथाममा धेरै ध्यान जान थाल्यो। र, मैले यो क्षेत्र रोजें।’ 

उनको सार्वजनिक स्वास्थ्यप्रतिको समर्पण र रुचिको कारण अहिले उनी जापानको प्रतिष्ठित लुकस इन्टरनेसनल विश्वविद्यालयमा सार्वजनिक स्वास्थ्य (पव्लिक हेल्थ) विषयमा पूर्ण छात्रवृत्तिमा पिएचडी गरिरहेकी छन्। ढुंगेलले त्रिभुवन विश्वविद्यालयबाट गृह विज्ञानमा समेत स्नातकोत्तर गरेकी छन्। 

अध्ययनका साथै अनुसन्धानको क्षेत्रमा समेत क्रियाशील ढुंगेलका सार्वजनिक स्वास्थ्यका विषयमा लेखिएका धेरै अनुसन्धानमूलक लेखहरू प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरूमा समेत प्रकाशित भइसकेका छन्।

‘कोरोनाको सुरुवाती दिनमा इटलीमा देखापरेको जस्तो समस्या नेपालमा देखिए स्थिति भयावह हुन सक्छ। रोकथामका लागि भएका स्रोतसाधनको उपयोग पनि हुन सकेको छैन। रोगको उपचारमा भन्दा रोकथामलाई पहिलो ध्यान दिनुपर्छ,

‘नर्सिङबाट सुरु भएको करिअर नर्सलाई हेर्ने दृष्टिकोण देशैपिच्छे फरक छ। सार्वजनिक स्वास्थ्य बहुमुखी क्षेत्र हो। यसमा अथाह भविष्य छ,’ उनी भन्छिन्। 

सार्वजनिक स्वास्थ्यको क्षेत्रमा जस्तोसुकै खतरनाक रोग भए पनि दिनरात फिल्डमा उत्रिन तयार हुनुपर्ने भएकाले भर्खरै करिअर सुरु गरेकालाई सुरुमा केही अप्ठेरो उनको अनुभव छ।  

यो विषय अध्ययन गर्न चाहनेलाई आफुलाई रहर लागेको क्षेत्र हो भने मात्र ध्यान दिएर पढ्न उनको सुझाव छ। ‘अरुको कुरा सुनेर र देखेर रमाइलो मानेर मात्र यो विषय पढ्नु हुँदैन। आफ्नो चाहनालाई बुझेर मात्र यो विषयमा प्रवेश गर्न सुझाव दिन्छु,’ उनी भन्छिन्। 

नेपालमा स्वास्थ्यमा समस्या नआई स्वास्थ्य जाँचका गर्ने चलन नभएको प्रति उनी चिन्ता व्यक्त गर्छिन्।  ‘रोकथामको लागि सचेत हुने प्रवृत्ति छैन। यसले समस्या परेपछि जटिलरूप लिन पुग्छ,’ उनी भन्छिन्। 

उनी यो सन्दर्भमा कोभिडलाई नै उदाहरण मान्छिन्। ‘कोरोनाको सुरुवाती दिनमा इटलीमा देखापरेको जस्तो समस्या नेपालमा देखिए स्थिति भयावह हुन सक्छ। रोकथामका लागि भएका स्रोतसाधनको उपयोग पनि हुन सकेको छैन। रोगको उपचारमा भन्दा रोकथामलाई पहिलो ध्यान दिनुपर्छ,’ ढुंगेल नेपालमा स्वास्थ्य सजगता नभएकोतर्फ संकेत गर्छिन्।  

त्यसैगरी, अनुसन्धानमा पनि अभाव रहेको देख्छिन् उनी। अनुसन्धानले नै हरेक समस्याको समाधान खोज्न सघाउने र दैनिक जीवनका धेरै विषय पनि अनुसन्धानको विषय बनाउन सकिने उनको तर्क छ। 

‘नेपालमा अनुसन्धानलाई प्राथमिकता दिन नसक्दा स्वास्थ्य क्षेत्र पनि पछि परेको छ,’ नेपालका विश्वविद्यालयमा समेत अनुसन्धान पद्धतिलाई व्यावहारिक बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्छिन्। 

कोराना महामारीले धेरै समस्या पारे पनि प्रविधिको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन ल्याएको उनले महसुस गरेकी छन्। ‘स्वास्थ्य क्षेत्रमा दीर्घकालीनरूपमा लाग्ने जिम्मा भने हामी आफैलाई छ,’ ढुंगेल निराशाबीच आशा देख्छिन्, ‘महामारीबाट पाठ सिकेर अगाडि बढ्न सके नेपालको स्वास्थ्य क्षेत्रले सफलताको शिखर चुम्न कसैले रोक्न सक्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो। दाइहरुले पढेको देख्दा नानीमैया....

ड्रेस सेन्स फैलाउने धाख्वा

पुस्ताले केवल व्यापारको रूपमा मात्र लिएको कपडामा उनी सृजना खोज्न थाले। कपडामा कला थप्ने मोहमा घोत्लिँदा घोत्लिँदै उनमा फेसन डिजाइनिङ भन्ने पढ्न नि पाइन्छ भन्ने....

भुटानी शरणार्थीका दुख : ‘अमेरिका पुगेका छोराछोरीले सोधखोज नै गरेनन्’

४ छोरा अमेरिका पुगेको ५ वर्ष भयो। उनीसँगै बसेका एक भाइको उच्च रक्तचापका कारण यहीँ माघ १ गते निधन भयो। प्रेमभाव दर्साउने दिल छियाछिया भएका....

तरकारी खेतीमा सुब्बासा’ब

त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। 

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’  परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल....