शिक्षा

दबाबको प्रभाव : कोरोना खोप नल्याउँदै  विद्यालय खोल्ने तयारी

उकेरा संवाददाता


काठमाडौँ : कोरोना भाइरस सङ्क्रमण फैलन नदिन संयन्त्र बलियो बनाउनुको साटो सरकारी निकाय एकपछि अर्को जोखिम बढाउन सक्रिय भएको छ।

सार्वजनिक यातायात, मनोरञ्जन लगायतका क्षेत्र खुल्ला गराउँदै स्वास्थ्य मापदण्ड अनिवार्य गरे पनि अनुगमन भने कागजमा मात्र सीमित देखिन्छ। विज्ञहरूले अहिले विद्यालय खोल्ने उचित समय हैन भने पनि  बालबालिकामा सङ्क्रमण हुने जोखिम बढाउँदै सरकारी निकाय विद्यालय खोल्ने हतारोमा लागेको हो।

बेलायतमा देखिएको चाँडै फैलने कोरोना भाइरस अन्य देशमा फैलिएसँगै उनीहरू उच्च सतर्कता अपनाउँदै खोलेका विद्यालय समेत बन्द गरिरहेका छन्। बेलायतले सङ्क्रमण फैलन नदिन कडाइ गर्दै लगेको छ।

अन्तर्राष्ट्रिय हवाई मार्ग खोलेर बसेको नेपाल भने ढुक्क झैँ देखिन्छ। आइतबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले कोरोना महामारीका कारण बन्द गरिएका विद्यालय खोल्ने निर्णय गर्दै मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरिसकेको छ।

कोरोना सङ्क्रमणको जोखिम हराएको व्यवहार गर्दै चलचित्र घर, जिम खानालगायत सबै क्षेत्र खुलाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भइसकेको छ।

कोरोना भाइरस महामारीका कारण २०७६ चैत ११ देखि विद्यालय, चलचित्र घरलगायत क्षेत्र बन्द थिए। वर्तमान स्थितिको विश्लेषण गरी कोरोना महामारीका बेला बन्द गरिएको क्षेत्र खुलाउने तयारी गरिएको सिसिएमसीले जनाएको छ।

दबाबको प्रभाव
नयाँ शैक्षिक सत्र सुरु हुन लागेपछि विद्यालय सञ्चालकहरूले भर्ना खुलाउन सरकारलाई दिँदादिँदै आएका थिए। फिल्म हल सञ्चालकहरूले त सरकारको निर्देशनको अवज्ञा गर्दै एकतर्फी रूपमा फिल्म हल सञ्चालन गरिसकेका छन्।  प्रधानमन्त्री कार्यालयका सचिव गुरागाईंका अनुसार कोरोना सङ्क्रमणको अवस्थाको विश्लेषण गरेर जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले रोक लगाउन सक्नेछ।

उनले स्वास्थ्य र सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गरिने दाबी गरे।

अनुगमनका लागि सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ।

सो समितिको अनुगमन संयन्त्र कस्तो छ भन्ने क्रिसमस र नयाँ वर्षको अवसरमा काठमाडौँको मनोरञ्जन क्षेत्रको अवस्थाबाटै  भइसकेको छ। स्वास्थ्य मापदण्ड उलङ्घन गरेर होटेल, रेस्टुरेन्ट र लाउन्ज चल्दा अनुगमनको जिम्मेवारी पाएको प्रहरीले उल्टै संरक्षण गर्दै आएको छ।
यसबारेमा जिज्ञासा राख्दा काठमाडौँको अनुगमनको जिम्मेवारी पाएका अधिकारीहरू नागरिक आफैँ सचेत हुनुपर्ने जवाफ दिँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

मन्त्रीको स्वार्थ नमिलेपछि शिक्षक सेवा आयोग ५ महिनादेखि पदाधिकारीविहीन 

नियुक्तिमा ढिलाइ हुँदा आयोगका नियुक्ति, सरुवा, बढुवासँगै नीतिगत काम ठप्प भएका छन्।  गत भदौमा लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा शिक्षक सेवा आयोगका पदाधिकारी....

बीएन्डसीलाई सम्बन्धन दिने निर्णय सच्याउन काँग्रेसको माग 

‘बारम्बार यस्ता हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा हो,’ काँग्रेसले निकालेको विज्ञप्तिमा भनिएको,‘शिक्षामन्त्री स्वयंले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सृजना नगर्न....

यो वर्ष असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने

जेठ भित्र सबै परीक्षा सक्ने र कोरोना भाइरसका कारण साबिकको विद्यालय छाडेर पायक पने स्थानमा पुगेका विद्यार्थीलाई स्थानान्तरण गर्ने बाटो समेत खुला गर्ने निर्णय मन्त्रालयले....

विद्यालय स्थानान्तरण सहज, कक्षा १० मा पनि अब भर्ना हुन सकिने

यस अगाडिको नियमावलीमा कक्षा ९ सम्म मात्र भर्ना हुन सकिन्थ्यो। नियमावलीले कक्षा नौ मा जुन विद्यालयमा रजिस्ट्रेसन फाराम भरेको हो त्यहीबाट मात्र एसइईको परीक्षा दिन....

बुर्जुवा शिक्षामा भविष्य खोज्दै पूर्वलडाकुका सन्तान 

जनवादी शिक्षा लागु गर्ने लडाइमा आमा गुमाएका अभिषेक बुर्जुवा शिक्षामै भविष्य खोजिरहेका छन्। अभिषेक अहिले कक्षा ९ मा अध्ययनरत छन्। ‘आमाको माया नपाई बाल्यकाल बित्यो,....