माछाको मज्जाको संसार !

माछाको मज्जाको संसार !
Photo Credit : Pixabay

* शार्क ह्वेल माछा सबैभन्दा ठूलोमाछा हो जसको लम्बाई १२ मिटर जति हुन्छ अनि तौल १८ टन भन्दा बढि हुन्छ।

* सेलफिस सबैभन्दा छिटो कुद्ने ( पौडिने ) माछा हो जुन १०९ किमी प्रतिघण्टाको गतिमा कुद्न सक्छ।

* ग्लासफिश पारदर्शी किसिमको माछा हो।

* कटलफिशको रगत निलो हुन्छ अनि यसका तीनवटा मुटु हुन्छन्।

* टारपिड नामक माछाले आफ्नो शरीरबाट करेन्ट उत्पन्न गर्छ।

* मिसिपिसी नदिमा कुकुर जस्तै भुक्ने एकप्रकारको माछा पाईन्छ भने चाउपिन नामक माछा पौडिदा घण्टि बजेको जस्तो आवाज आउँछ।

* एंगलर नामक माछाले आफ्नो मुखमा भएको एककिसिमको अंगबाट प्रकाश उत्पन्न गर्छ।

* सेतो शार्कमाछाले आवश्यकता अनुसार आफ्नो शरीरको तापक्रम समेत बढाउन सक्छ।

* माछाको कत्लाको संख्या शुरुवातमा जति थियो पछिसम्म पनि त्यही रहिरहन्छ। यसको आकार मात्र बढ्छ संख्या बढ्दैन।

* एनाब्लेप्स नामक माछाका चारवटा आँखा हुन्छन् जसको माध्यमबाट यसले एकैपटक तल र माथी हेर्न सक्छ।

 

१९ पुस, २०७७, १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।