ओमिक्रोन: भारतमा ६ सङ्क्रमित फेला

ओमिक्रोन: भारतमा ६ सङ्क्रमित फेला

एजेन्सीः विश्वभर चिन्ताको विषय बनेको कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' छिमेकी मुलुक भारतमा पनि भेटिएको छ। भारतीय अधिकारीहरूका अनुसार हालसम्म ६ जनामा ओमिक्रोन भेरियन्ट देखा परेको हो। 

तीमध्ये राजस्थानको जयपुरमा दक्षिण अफ्रिकाबाट फर्किएका एकै परिवारका ४ सदस्यमा ओमिक्रोन पोजेटिभ पाइएको छ। 

यस्तै अन्य दुई केस कर्नाटक राज्यको हो। त्यहाँका एक ६६ वर्षीय वृद्धलाई र एक स्वास्थ्यकर्मीलाई ओमिक्रोन भेरियन्ट देखिएको हो। यी दुवै जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन्। 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म २९ देशमा ओमिक्रोन भेरियन्ट देखापरिसकेको छ। 

 

१७ मंसिर, २०७८, १०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।