लिस्ट पढ्न बन्द शत्र राख्ने तयारी, ओली र रावलबिच छलफल हुँदै

लिस्ट पढ्न बन्द शत्र राख्ने तयारी, ओली र रावलबिच छलफल हुँदै

चितवन : पार्टी अध्यक्ष केपी ओली समूहले पदाधिकारीसहित केन्द्रीय समितिको नामको सूची तयार गरेपछि बन्द शत्र बस्ने तयारी भएको छ।

ईश्वर पोखरेल, विष्णु पौडेल, शङ्कर पोखरेल अनि विष्णु रिजालसहितको टिमले केन्द्रीय सदस्यको सूची बनाएका थिए। ओलीले सदस्यको सूचीसँगै पदाधिकारीको सूची समेत फाइनल गरेपछि बन्द शत्रु राख्ने तयारी गरिएको छ।

स्रोतका अनुसार अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका भीम रावललाई वरिष्ठ उपाध्यक्ष वा वरिष्ठ स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव ओली आफैँले गर्ने तयारी भएको छ। ओली होटेलबाट निस्किएर बन्द शत्र जादैछन्।

एमालेमा मुख्य सचेतक विशाल भट्टराईले शनिवारको निष्कर्ष अनुसार अध्यक्ष ओलीले नाम पढेर सुनाउने र त्यसमा सहमत नहुनेहरू चुनाव लड्ने बताए। उनले यस विषयमा अध्यक्ष ओलीले रावलसँग छलफल गर्ने उनले प्रतिक्रिया दिए। अर्का एक नेताले भने रावल अहिले पनि उपाध्यक्ष रहेको र भोलि पनि उपाध्यक्ष नै रहने दाबी गरे।

 

मंसिर १२, २०७८ आइतबार १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।