एमाले महाधिवेशन: पूर्वमाओवादी नेताहरूले ओलीलाई भेट्दै

एमाले महाधिवेशन: पूर्वमाओवादी नेताहरूले ओलीलाई भेट्दै

चितवनः नेकपा एमालेको जारी १०औं राष्ट्रिय महाधिवेशनका क्रममा केन्द्रीय सदस्य र पदाधिकारी छनोट गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएपछि कतै असन्तुष्टि र कतै दौडधुप सुरु भएको छ। आज पूर्वमाओवादीका नेताहरू ओली भेट्न जाँदैछन्।

पूर्वमाओवादीहरूको छुट्टै छलफलले उपाध्यक्ष, उपमहासचिव र सचिवमा दावी गर्ने निर्णय गरेको थियो। सो अनुसार पूर्वमाओवादी नेताहरू ओलीलाई भेट्न गएका हुन्।

उनीहरूले उपाध्यक्षमा रामबहादुर थापा (बादल), उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको नाम प्रस्ताव गरेका छन्।

मंसिर १२, २०७८ आइतबार १०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।