एमाले महाधिवेशनको तेस्रो दिन: आज अध्यक्ष ओलीले नाम प्रस्तुत गर्ने
शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटीमा राख्ने सदस्य चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो। आजको बन्दसत्रमा उनले नाम प्रस्तुत गर्नेछन्।
आकांक्षीहरू धेरै भएपछि ओली अप्ठ्यारोमा छन्। हिजो पाँच घण्टा ढिलो गरी बन्दसत्र सुरू भएको थियो।
ओलीलाई अधिकार दिइएकोमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले भने असन्तुष्टि जनाएका छन्। सर्वसम्मतिको नाममा पार्टीमा निषेधको राजनीति चलेको ऊनीहरूको बुझाइ छ।
मंसिर १२, २०७८ आइतबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।