राप्रपाकाे केन्द्रीय महाधिवेशन मङ्सिर ११ गतेदेखि
काठमाडाैंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ११ गतेदेखि हुने भएकाे छ। बिहीबार बसेको पार्टीकाे बैठकले काठमाडाैंमा ११ गतेदेखि १३ गतेसम्म आयाेजना गर्ने गरी महाधिवेशनकाे मिति ताेकेकाे हाे।
यस्तै सक्रिय सदस्य अद्यावधिक गर्ने मिति पनि कात्तिक १५ गतेसम्म बढाइएकाे छ। यसअघि राप्रपाले कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने बताएकाे थियाे।
यस्तै राप्रपाकाे हिजाे बसेकाे बैठकले पशुपतिशमशेर जबराको नेतृत्त्वमा सामाजिक कार्यपत्र तयारी समिति बनाएकाे छ भने प्रकाशचन्द्र लोहनीकाे नेतृत्त्वमा आर्थिक समिति बनाएकाे छ। यस्तै राजनीतिक कार्यपत्र कमल थापाले तयार पार्ने बताइएकाे छ।
राजेन्द्र गुरूङ र मोहन श्रेष्ठ प्रचार विभागकाे संयोजक ताेकिएका छन्।
कात्तिक १२, २०७८ शुक्रबार १०:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।