मेलम्चीमा सर्यो एमालेकाे नगर अधिवेशन
सिन्धुपाल्चोकः नेकपा एमाले मेलम्ची नगर कमिटीकाे पहिलो नगर अधिवेशन सरेको छ। अधिवेशन कात्तिक १५ गतेका लागि सारिएकाे छ।
यसअघि कात्तिक १३ गते अधिवेशन गर्ने तय भएको थियाे। तर प्राविधिक कारण देखाउँदै अधिवेशन सारिएकाे हाे। एमालेले भने कात्तिक ९ गते देशव्यापी नगर कमिटीकाे अधिवेशन गर्ने तालिका सार्वजनिक गरेकाे थियाे।
नगर अधिवेशन आयोजक कमिटीको मङ्गलबार मेलम्ची बजारमा बसेको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो। नगर संयोजक डम्बरबहादुर अर्यालका अनुसार आन्तरिक तयारी नसकिएका कारण नगर अधिवेशन सारिएको हाे।
कात्तिक १०, २०७८ बुधबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।