कैलालीमा 'ग्याङ फाइट' हुँदा ३ जना घाइते

कैलालीमा 'ग्याङ फाइट' हुँदा ३ जना घाइते

धनगढीः कैलालीकाे लम्कीमा 'ग्याङ फाइट' हुँदा तीन जना घाइते भएका छन्। लम्कीमा दुई समूहबीच खुकुरी प्रहार हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

उनका अनुसार लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का केशर पुलामी मगर, मदन शाही र वडा नम्बर २ का ऋषि तिमिल्सिना घाइते छन्।

उनीहरूको लालरत्न अस्पतालमा उपचार भइरहेको छ। विवादको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज १७, २०७८ आइतबार १२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।