उकेरा जुनियर

'सुन्तला' रंग पहिले कि फल ?

उकेरा संवाददाता


'अरेञ्ज' अर्थात 'सुन्तला', जसलाई फलको रुपमा पनि चिनिन्छ अनि रंगको लागि पनि चिनिन्छ । कहिलेकाँही हामीलाई लाग्न सक्छ, अरेञ्जलाई पहिले फलको नामको लागि प्रयोग गयिो होला कि रंग भन्नको लागि ? आउनुस् आज यो सामान्य तर रोचक कुराको बारेमा केही कुरा गरौं ।

वास्तवमा अरेञ्जको मूल उत्पती संस्कृत शब्दबाट भएको मानिन्छ । संस्कृतमा सुन्तलाको रुखलाई 'नारंग' भनिन्छ । हुन त प्राचिन पर्सियन भाषामा पनि सुन्तलालाई ' नारंग 'नै भनेको पाईन्छ । पछि यहि शब्दलाई अपनाउँदै स्पेनिसहरुले नारंजा ( Naranja) भन्न थाले । प्राचिन फ्रेञ्च भाषामा यसलाई Pomme D'orenge भनिन्थ्योे तर स्मरण रहोस् यो शब्दको अर्थ सुन्तलाको फल हैन कि सुन्तलाको रुख नै थियो । १३ औं शताब्दीतिर आएपछि बल्ल अरेञ्ज शब्द रुखलाई  नभई फललाई  भन्न थालियो । यसको दुई तीनसय वर्ष पछि अर्थात १५ औं, १६ औं शताब्दीतिर मात्र अरेञ्ज शब्दलाई रंगको रुपमा पनि प्रयोग हुन थाल्यो ।
यसबाट हामी के निस्कर्षमा पुग्न सकिन्छ भने सुन्तला रग भन्दा जेठो सुन्तला फल नै रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले बालबालिकालाई भने‘इमानदार हुनु’

प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमानदार रहन सम्झाउँदै  पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमानदार....

जीवजन्तुका केही रमाईला तथ्यहरु !

हौसला

आफ्ना साथी त्यहाँ खसेपछि सबै भ्यागुतोहरुलाई निकै चिन्ता लाग्यो । उनीहरुले आफ्ना खसेका साथीहरुलाई कुनै पनि हालतमा निकाल्न सक्दैनथे । खसेका दुवै भ्यागुताहरुले आफ्नोतर्फबाट बाहिर....

माछाको मज्जाको संसार !

* शार्क ह्वेल माछा सबैभन्दा ठूलोमाछा हो जसको लम्बाई १२ मिटर जति हुन्छ अनि तौल १८ टन भन्दा बढि हुन्छ। * सेलफिस सबैभन्दा छिटो कुद्ने....

चित्रकथा प्रतियोगिता - ५

नियमहरु : -कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने यो प्रतियोगितामा हामीले प्रस्तुत गरेको चित्रलाई आधार मानेर कथा लेख्नुपर्नेछ। -कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। -कथाको....