ओली पक्षका एक्ला मन्त्री बोहरा बर्खास्त

ओली पक्षका एक्ला मन्त्री बोहरा बर्खास्त

विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षीय मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षीय मन्त्री बोहरालाई  बर्खास्त गरेका हुन्। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहोरालाई बर्खास्त गरिएको जानकारी दिए।

नेकपा विभाजित भएपछि मन्त्री बोहरा ओली पक्षमा लागेका थिए। मुख्यमन्त्री भट्टले बोहरालाई बर्खास्त गरेर दाहाल–नेपाल पक्षकै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

पार्टीको दबाब र आफ्नै समूहभित्र असन्तुष्टि देखिँदा मुख्यमन्त्री पद नै धरापमा पर्ने अवस्था आएपछि भट्टले ओली पक्षका मन्त्रीहरू हटाएर आफ्नो पक्षबाट नियुक्त गर्दै असन्तुष्टि समाधान गर्ने तयारी गरेको ओलीले जानकारी दिए।

१४ पुस, २०७७, ११:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।