कल्पनाशिलतालाई प्रोत्साहित गर्दै उकेराले ल्याएको छ चित्रकथा प्रतियोगिता। जस अन्तर्गत यहाँ प्रस्तुत गरिएको चित्रलाई आधार मानेर कथा रचना गरेर पठाउनुभई प्रतियोगितामा सहभागी हुन सकिने छ ।
विजेताले नगद पुरस्कार रु. ३०००/- प्राप्त गर्नेछन्।
उकेरा जुनियर
चित्रकथा प्रतियोगिता - ५
यो चित्रको आधारमा कथा लेखेर पठाउनुभई पुरस्कार जित्नुहोस् !
नियमहरु :
-कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने यो प्रतियोगितामा हामीले प्रस्तुत गरेको चित्रलाई आधार मानेर कथा लेख्नुपर्नेछ।
-कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ।
-कथाको साथमा कथाकारको एउटा फोटो पनि पठााउनुपर्नेछ।
-कथा पठाउँदा स्कूलको नाम, ठेगाना र कक्षा पनि उल्लेख गर्नुहोला।
-प्राप्त कथाहरुमध्ये उत्कृष्ट कथालाई उकेरामा प्रकाशित गरिनुका साथै पुरस्कृत पनि गरिनेछ।
सामान्यतयाः शनिबार हामीले प्रतियोगिताको लागि चित्र प्रस्तुत गर्नेछौं र त्यसपछि आउने शुक्रबार पुरस्कृत कथा प्रकाशित गरिनेछ।
त्यसैले सक्दो छिटो कथा पठाएर प्रतियोगितामा भाग लिनको लागि पाठकहरुलाई हाम्रो अनुरोध छ ।
कथा पठाउने ईमेल ठेगाना : junior@ukeraa.com
२०७७ मंसिर २७ गते १४:५७ मा प्रकाशित