स्तन चिटिक्क मिलाउने घरेलु टेक्निक

स्तन चिटिक्क मिलाउने घरेलु टेक्निक

दुवैतर्फका स्तनको आकार नमिल्दा शारीरिकरूपमा असहजता उत्पन्न हुन्छ। यस्तो अवस्थामा मानसिकरूपमा तनावसमेत उत्पन्न हुन सक्छ।

विशेषगरी टिन एजमा महिलाको स्तनको आकारमा वृद्धि–विकास हुन्छ। सामान्यतः ६० वर्षपछि स्तनको आकार घट्छ। उमेर जति पाको हुँदै गयो स्तनको आकार पनि घट्दै जान्छ, सानो हुँदै जान्छ। किशोरावस्थामा स्तन टाइट हुन्छ। तर, प्राकृतिक हिसाबमा अधिकांश महिलाको स्तन झोलिन्छ।

स्तनको आकार सानो˗ठूलो हुनुमा ‘स्ट्रोजेन’ र ‘प्रोजेस्टेरोन’ हार्मोनले भूमिका खेल्छ। यस्ता हार्मोनको मात्रा बढेको अवस्थामा स्तनको आकारमा पनि वृद्धि हुन्छ। यस्ता हार्मोन सन्तुलनमा राखेको अवस्थामा भने स्तनको आकार सन्तुलनमा राख्न सकिन्छ। भद्धा हुन नदिन सकिन्छ। तर, सम्बन्धित चिकित्सकको परामर्शमा मात्रै यस्ता हार्मोन सन्तुलनमा राख्न सकिने कुरालाई भुल्नु हुँदैन।

उमेर पाको हुँदै जाँदा भने ‘इस्ट्रोजेन’ र ‘प्रोजेस्टेरोन’ निष्क्रिय हुँदै जान्छन्, जसले गर्दा स्वचालित (अटोमेटिक) रूपमा स्तनको आकार घट्दै जान्छन्। हार्मोनको गडबडीका कारण स्तनको आकार नमिल्न सक्छ, सानो˗ठूलो हुन्छ। सुगरको समस्याका कारण पनि स्तनको आकारमा प्रभाव पर्न सक्छ। 

यौन क्रियाकलापका कारण पनि स्तनको आकारमा प्रभाव पर्छ। यौन क्रियाकलाप गर्ने क्रममा हार्मोनमा उत्तरचढाव हुन्छ। स्तनका मांशपेशी फुल्छन्, जसले स्तन टाइट हुन्छन्। आकार बढ्छ। तर, स्तन चलाइरहँदा भने विस्तारै झोलिँदै जान्छन्। 

त्यसो त सानो स्तनलाई ठूलो बनाउन सकिन्छ। मिलेको आकारमा ल्याउन सकिन्छ। स्तन साइजमा ल्याउने विभिन्न उपाय पनि नभएका हैनन्। 

मसाजले कसिलो स्तन

स्तनको आकार मिलाउने उउटा सजिलो विधि हो, मसाज। मसाज गरेर स्तनको आकार मिलाउन सकिन्छ। शरीरमा खुट्टाबाट शिरतर्फ रक्त प्रवाह हुन्छ। त्यसैले मसाज गर्दा पनि स्तनको मुनिपट्टिको भागबाट मसार्दै स्तनको मुन्टाटर्फ लानु उचित हुन्छ। दुवै स्तन विस्तारै निचोर्दै मुन्टासम्म लाँदै छाडिन्छ। विभिन्न किसिमका वनस्पति तथा जडीबुटीका मसाज तेल तथा मसाज क्रिम लगाएर मसाज गर्न सकिन्छ। जसले स्तन मिलेको आकारमा ल्याउन मद्दत पुग्छ। यस्तो मसाज आफैले पनि गर्न सकिन्छ। स्तनको आकार मिलाउन दैनिक पाँच मिनेट यस्तो मसाज गर्न सकिन्छ।

त्यसो त नियमित मसाज गर्नाले स्तनका मांशपेशी कसिलो हुन्छन्, जसले झोलिएको स्तनसमेत टाइट (कसिलो) बनाउन सकिन्छ। तर, स्तन टाइट बनाउनका लागि स्तनको मुनिपट्टिको भागबाट माथिपट्टि उठाइन्छ। यसरी स्तन माथि उठाउँदै मसाज गर्दा स्तन ठाडो पर्छ। र, कसिलो हुन्छ। यसरी स्तन मिलेको आकारमा ल्याउन सकिन्छ।

मुठ्ठी पारेर तान्ने विधि

स्तनको आकार मिलाउनका लागि स्तान तान्ने व्यायाम विधि अपनाउन सकिन्छ। 

छातीको भागबाटै स्तनलाई हातले मुठ्ठी पारेर समाइन्छ। दूध दुहेको जस्तैगरी स्तनको फेद (छातीको भाग) बाट हल्का गरेर तान्दै मुन्टोसम्म नै निचोरिन्छ। दुवै स्तन पालैपालो १०/१० पटक तान्नु उचित हुन्छ। दैनिक तान्दा स्तनका मांसपेशी लचिलो हुन्छन्। यस्तो व्यायामले स्तनमा रक्तसञ्चार बढ्छ। रक्तसञ्चार बढ्दा स्तनको हार्मोन वृद्धि हुन्छ, जसले गर्दा सानो–ठूलो तथा नमिलेको आकारको स्तन मिलेको आकारमा ल्याउन सकिन्छ। यस्तो व्यायाम महिला स्वयंले पनि गर्न सक्छन्। 

हुन त बच्चा जन्मिएपछि स्तनको आकार बढ्नु स्वभाविकै हो। सामान्यतः ठूलो भएको स्तन जवानीमा नै घट्दैन। तर, बच्चा जन्माएपछि स्तनपान हुन्छ, जसले गर्दा स्तनको आकार बिग्रन सक्छ। 

हातले माड्दा ठूलो

त्यसो त ठूलो तथा भद्धा भएको स्तनलाई मिलेको आकारमा ल्याउन पनि मसाजको तरिका अपनाउन सकिन्छ। स्तनमा मसाज तेल लगाउन सकिन्छ। मसाज क्रिम लगाउन सकिन्छ। त्यसपछि हातले स्तनको सबै भागमा माड्न सकिन्छ। यसरी माड्दा स्तनको मांसपेशी लचिलो हुन्छन्। मांसपेशी लचिलो हुँदा स्तनको बोसो कम हुन्छ, जसले ठूलो स्तन सानो हुन मद्यत मिल्छ । 

आकार मिलाउने ‘ब्रा’

स्तन मिलेको आकारमा देखाउने अर्को उपाय ‘ब्रा’ हो। कतिपय ‘ब्रा’ यस्ता हुन्छन्, जसले सानो स्तनलाई ठूलो देखाउन मद्दत मिल्छ। स्तन ठूलो देखाउन बनाइएका ‘ब्रा’ लगाउँदा स्तन माथिपट्टि उचालिदिन्छ, जसले स्तन ठूलो देखिन्छ। 

त्यतिमात्रै कहाँ हो र ? ‘ब्रा’ को सहयोगले ठूलो स्तनलाई मिलेको आकारमा ल्याउन पनि मद्दत गर्छ। टाइट किसिमको ‘ब्रा’ लगाउनाले स्तनका तन्तुको विकास कम हुन सक्छ, जसले स्तन ठूलो हुन पाउँदैन। भद्धा हुन पाउँदैन। स्तनको आकार ठूलो देखिनबाट बच्नका लागि फिटिङ ‘ब्रा’ लगाउनुपर्ने हुन्छ। तर, स्तन मिलेको आकारमा कायम राखिरहनका लागि ‘ब्रा’ दीर्घकालिन तथा स्थायी उपाय भने हैन। यो अस्थायी विधि हो।

खेलकुदमा ध्यान

व्यायाम गर्दा स्तनका मांसपेशी लचिलो हुन्छन्। बोसो कम हुन्छ, जसले स्तन मिलेको आकारमा ल्याउन मद्दत मिल्छ। तर, व्यायाम गर्दा पनि केही कुरामा ख्याल गर्नुपर्छ। दौडँदा तथा विभिन्न किसिमका व्यायाम गर्ने क्रममा स्तन हल्लिन्छ। हल्लिँदा आकार बढ्छ, झोलिन्छ। आकार नमिल्ने समस्या हुन सक्छ। त्यसैले व्यायाम तथा खेलकुद गर्दा ‘स्पोर्टी ब्रा’ लगाउनु उचित हुन्छ। यस्तो ‘ब्रा’ लगाउनाले स्तन हल्लिएर झोलिने, ठूलो हुने, नमिल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ। 

योग, प्रणायाम, दौडने, नाच्ने, जिम गर्नेजस्ता व्यायामका विधि अपनाउनाले पनि स्तनको आकार मिलाउन सकिन्छ। दैनिक १० मिनेट लामो श्वास फेर्दै छोड्नाले पनि छाती तथा स्तनको मांशपेशी कसिलो हुन्छ, जसले झोलिएको स्तन टाइट हुन्छ। दैनिक करिव १० मिनेट स्तन मिलाउने विभिन्न किसिमका टेक्निक अपनाएर तथा व्यायाम गरेर स्तन मिलाउन सकिन्छ। 

त्यसो त पोषणको असन्तुलनले पनि महिलाको स्तनको आकारमा प्रभाव पर्छ। त्यसैले सन्तुलित भोजन गर्नाले स्तनको आकार मिल्न सक्छ। 

(उकेराकर्मी उपेन्द्र खड्काले डा. सुनुवारसँग गरेको कुराकानीमा आधारित)
 

२७ मंसिर, २०७७, ०७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।