उकेरा जुनियर

कमिलटोल र चिनी

चित्रकथा प्रतियोगिता- ४, विजयी कथा

अदिश्री मैनाली


कल्पनाशिलतालाई प्रोत्साहित गर्दै उकेराले ल्याएको छ चित्रकथा प्रतियोगिता। जस अन्तर्गत यहाँ प्रस्तुत गरिएको चित्रलाई आधार मानेर कथा रचना गरेर पठाउनुभई प्रतियोगितामा सहभागी हुन सकिने छ। प्रस्तुत कथा चित्रकथा प्रतियोगिता- ४ को विजयी कथा हो।

कमिलटोलमा थुप्रै कमिलाहरु मिलेर बस्ने गर्थे। उनीहरुमा एमदम एकता थियो । त्यहाँ उनीहरुको एउटा भब्य महल थियो । त्यो महलमा लगभग १०० वटा कमिला बस्ने गर्थे।

उनीहरु एकआपसमा मिल्ने मात्र हैन जे काम पनि एकले अर्कालाई सहयोग गर्दै गर्थे। उनीहरुको त्यो गाउँ मान्छेहरुको गाउँदेखि निकै टाढा थियो। त्यसैले केही बुढापुराना कमिलाहरुबाहेक धेरैजसोलाई त मान्छे भनेको के हो र कस्तो हुन्छ भन्ने नै थाहा थिएन।

कहिलेकाँही बुढापाकाले मान्छे भनेको हामीहरु भन्दा हजारौंगुना ठूलो हुन्छन् भनेको सुन्दा साना कमिलाहरु त डराएर आँखा ठूलो ठूलो पार्थे। उनीहरुलाई संसारमा उनीहरुको घर भन्दा ठूलो अरु केही हुँदैन होला भन्ने लाग्थ्यो। उनीहरु बस्ने कमिलटोलमा उनीहरुको जस्तो ठूलो घर पनि कसैको थिएन अनि वरीपरी ठूला रुखहरु पनि थिएन।

एकदिन एकजना बुढीआमैले उनीहरुलाई अहिले उनीहरु बस्ने घर कुनै मान्छेले जमानामा रुख काटेर घर लैजान थालेको बेलामा त्यहाँ एउटा बाघ आएर त्यो मान्छेलाई खाईदिएकोले हाम्रा पुर्खाहरुले त्यही मुढामा आफ्नो घर बनाएको कुरा सुनाईन् । यो सुनेर एन्टु नाम गरेको कमिलाले बुढीआमैलाई सोध्यो, "हजूरआमा त्यो बाघले मान्छेलाई किन खाएको ?"

"किनकी यहाँ पहिला ठूलो जंगल थियो। यही जंगल नै बाघ भालुजस्ता ठूला ठूला जनावरहरुको बासस्थान थियो तर त्यो जंगललाई मान्छेहरुले रुख फँडानी गरेर सकाउन लागेपछि बाघहरु पनि निकै रिसाएका थिए।

त्यसैले रुख काटेको बेलामा बाघ आएर गर्जिदा त्यो मान्छे डराएर भाग्ने बेलामा खोलामा खसेको रहेछ तर सबै मान्छेले बाघले खायो भनेर हल्ला चलाएका रहेछन्।" बुढीआमाले भनिन्।

यो कुरा सुनेर एन्टु र अरु सबै कमिलाहरुलाई बाघको पनि निकै माया लागेछ। यहि कुरा गर्दा गर्दै त्यहाँ दुईजना अलिक ठूला कमिलाहरुले सेता ठूलाठूला केही कुरा बोकेर आए।

उनीहरुलाई त्यो के हो भन्नेकुरा थाहा थिएन तर बाटोमा भेटेकोले निकै राम्रो लागेर ल्याएको कुरा सुनाए। ती ठूला ठूला चारपाटे बाकसजस्ता डल्ला देखेपछि बुढी आमै त्यसको नजिकै आएर त्यो डल्लोलाई चाटिन् र भनिन्, "यसलाई चिनी भनिन्छ। मान्छेहरुले यसलाई खाने गर्छन्, तर यसलाई धेरै खाएर आजकाल मान्छेहरु रोगी पनि भएका छन्।" बुढीआमाले फेरी भनिन्।

"अब हामीले के गर्ने त ?" एन्टुले डराएजस्तो अनुहार बनाएर सोध्यो।

"हामीलाई त केही हुँदैन तर यसलाई खाएपछि ब्रस गर्न भने कसैले पनि बिर्सनु हुँदैन है ।" बुढी आमैले यति भनेपछि सबैजना मान्छेले खाने स्वादिलो चिनी खान अघि सरे।

"कमिलटोलका सबैलाई बोलाउ है हामी त आफसँग भएको बाँडीचुँडी खाने प्राणी पो हौ त।" बुढीआमाको कुरा सुनेपछि एन्टु सबै कमिलाहरुलाई बोलाउन दौडियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले बालबालिकालाई भने‘इमानदार हुनु’

प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमानदार रहन सम्झाउँदै  पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमानदार....

जीवजन्तुका केही रमाईला तथ्यहरु !

हौसला

आफ्ना साथी त्यहाँ खसेपछि सबै भ्यागुतोहरुलाई निकै चिन्ता लाग्यो । उनीहरुले आफ्ना खसेका साथीहरुलाई कुनै पनि हालतमा निकाल्न सक्दैनथे । खसेका दुवै भ्यागुताहरुले आफ्नोतर्फबाट बाहिर....

माछाको मज्जाको संसार !

* शार्क ह्वेल माछा सबैभन्दा ठूलोमाछा हो जसको लम्बाई १२ मिटर जति हुन्छ अनि तौल १८ टन भन्दा बढि हुन्छ। * सेलफिस सबैभन्दा छिटो कुद्ने....

'सुन्तला' रंग पहिले कि फल ?

वास्तवमा अरेञ्जको मूल उत्पती संस्कृत शब्दबाट भएको मानिन्छ । संस्कृतमा सुन्तलाको रुखलाई 'नारंग' भनिन्छ । हुन त प्राचिन पर्सियन भाषामा पनि सुन्तलालाई ' नारंग 'नै....