प्रदेश लोकसेवाले पहिलो पटक माग्यो २४ पदमा कर्मचारी 

प्रदेश लोकसेवाले पहिलो पटक माग्यो २४ पदमा कर्मचारी 

जनकपुरधाम : प्रदेश २ लोकसेवा आयोगले पहिलो पटक रिक्त दरबन्दीको लागि २४ पदमा कर्मचारी माग गरेको छ।

आयोगले प्राविधिकतर्फ रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको हो।

आयोगले तृतीय श्रेणी सातौं तहमा दरखास्त आह्वान गरेको जनाएको छ। खुल्लातर्फ इन्जिनियरतर्फ सिभिल हाइवेमा ३ जना, सिभिलस्यानिटरीमा २, सिभिल इरिगेसनमा १ र सिभिल जनरल पदमा २ जनाको माग गरिएको छ।

आरक्षणतर्फ महिलाका लागि सिभिल हाइवे, सिभिल स्यानिटरी, सिभिल जनरल पदमा १-१ जना माग गरिएको छ। त्यस्तै सिभिल, हाइवे र सिभिल जनरलमा आदिवासी जनजाति १-१ र मधेसी १-१ पद माग गरिएको छ ।

खुल्लातर्फ सिभिल, विल्डिङ एण्ड आर्किटेस्टमा ४ जना, आरक्षणतर्फ महिला, आदिवासी जनतजाति, मधेशी र दलितका लागि १÷१ पद आरक्षण दिइएको छ।

जियोलाजी हाइड्रोजियोलोजी खुल्लामा १ जना माग गरिएको छ भने महिला १ जना माग गरिएको छ।

२५ मंसिर, २०७७, १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।