पोलका तार व्यवस्थित गर्दै ललितपुर

पोलका तार व्यवस्थित गर्दै ललितपुर

ललितपुर : ललितपुर महानगरपालिकाले महानगर क्षेत्रका अव्यवस्थित तार व्यवस्थापन गर्न थालेको छ।

महानगरले नगर क्षेत्रमा रहेका तारलाई काट्ने र बाँधेर व्यवस्थित गर्ने अभियान सुरु गरेको हो। नगर प्रहरी प्रमुख सिताराम हाथेछु नगरपालिकाले शहरी सौन्दर्यता कायम गर्न,दुर्घटना कम गर्न यस्तो अभियान थालिएको बताँउछन।

हाथेछुका अनुसार मंगलबार सम्ममा थापाथली पुलदेखि जावलाखेल सम्मको मुख्य सडकको एकतर्फको तार व्यवस्थापनको काम सकिएको छ।


‘टेलिफोन,ईन्टरनेट र केवल व्यवस्थित गर्न लागिएको हो।ईन्टरनेट,केवल र टेलिकमलाई साथमै लिएर व्यवस्थित गरिएको हो’उनी भन्छन,‘अव यी कम्पनीलाई पनि जिम्मेवार बनाँउछौँ।’    

हाछेथु सडकबाट छ मिटर र पेटिबाट ४ मिटर उचाईमा यस्ता तार राखिनुपर्ने नियम रहेको बताँउछन। तर,सम्बन्धित कम्पनीले वेवास्था गर्दा अनावश्यक तार काटेर छाड्ने, भुँईसम्म लत्रिनेगरी तार टाँग्ने गरेका छन।

यस्ता तारका कारण पैदल यात्रुलाई समस्या पर्ने र सवारी दुर्घटना समेत हुने गरेको उनको भनाई छ। 

‘मुख्य सडक हुँदै घरघर टोलटोल सम्म पुग्ने छौँ।’ हाछेथु भन्छन,‘अनावश्यक तारका कारण विजुलिका पोल ढल्ने र भाँचिने समस्या पनि छ। मापदण्ड पालनामा कडाई गर्नेछौँ।’


 

२३ मंसिर, २०७७, १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।