उकेरा जुनियर

गुण र रुप

कथा

रोशन पोखरेल


शान्तिवन जंगलमा धेरै किसिमका चराहरु बस्दथे। सोही जंगलमा एउटा अति नै घमण्डी मयूर पनि बस्थ्यो। त्यो घमण्डी मयूर सँधै आफू नै राम्रो, आफ्नो जस्तो जिउडाल कुनै चराहरुको नभएको  अनि आफुजस्तो राम्रो नाँच्न कसैले सक्दैनन् भनेर खुब घमण्ड गर्थ्यो।

हुन त उसको नाँच अति नै मनोरम हुन्थ्यो। उसका इन्दे्रणीका रंगमा रंगिएका पंखहरु पनि बिछट्टै राम्रा थिए। सबैले उसको रंग, रुप र नाँचको प्रशंसा नै गर्दथे तर आफै मपाई भएर अचाक्ली फुर्ति लगाएको चाहिँ कसैलाई मन परेको थिएन। तर, पनि आफ्नो साथीको चित्त दुखाउनु भनेर कसैले पनि उसलाई नराम्रो वचन लगाउँदैनथे।

त्यो घमण्डी मयूर बसेको रुख छेउको सानो रुखमा एउटा काग पनि आफ्नो परिवार सहित बस्थ्यो। काग आफ्नो छिमेकी भएर बसेको त्यो मयूरलाई पटक्कै चित्त बुझेको थिएन। कागलाई पनि मयूरले आफुलाई मन नपराउने कुरा थाहा थियो तर पनि मर्दा पर्दाको आड भरोसा छिमेकी नै हो भन्ने लाग्थ्यो उसलाई ।

समय यसरी नै बितिरहेको थियो। कागले बिस्तारै मयूरका लामा प्वाँखहरुमा केही परिवर्तन भएझै अनुभव गर्न थालेको थियो, तर कागलाई आफूले गरेको अनुभव  हो कि होइन भनेर छुट्टाउन गाह्रो परिरहेको थियो।

एक दिन बेलुका कागिनीले मयूर दिनभर घरैमा झोक्राएर बस्ने गरेको भन्दै आफुलाई पनि मयूरका उसका राम्रा लामा प्वाँखहरु पनि केही कम भए जस्तो लागेको भन्दा कागलाई आफ्नो शंका सहि रहेछ जस्तो लाग्यो।

एक दिन उसको घरमा गएर हेर्दा त मयूर झोक्राएर –याल काड्दै बसेको रहेछ । उसका राम्रा लामा प्वाँखहरु आधा जसो खुइलिइ सकेका थिए । प्वाँख झरेर उदाङ्गो हँुदै गएको मयूरको शरीर देखेर कागलाई निकै नराम्रो लाग्यो । मयूर पनि संकोचले उसँग आँखा जुधाउँन सकिरहेको थिएन । केहि दिनको अन्तरालमा मयूरको जीउ पुरै खाली जस्तै भयो । आफ्नो छिमेकीको त्यस्तो रुप देखेर कागको गह भरिएर आयो ।

पहिले त अरु चराहरु पनि उसलाई भेट्न आउँथे । अरु साथीहरु आउँदा लाजले मयुुर आफ्नो नाङगो जीउ छोप्ने असफल प्रयास गर्दथ्यो । जंगलकै वैद्यले औषधी गरेपनि केहि सुधार भएको थिएन उसमा । सबै चराहरु अचम्मित थिए । बिस्तारै अन्य चराहरु त मयूरतिर जान पनि छाडी सकेका थिए । तर कागको परिवार मयूरको घरमा जान छाडेनन् । उसलाई छोडेनन् ,बरु अझ बढि हेरचाह गर्न र स्याहार सुसार गर्न लागे ।

एकदिन कागले घरमा केही खोज्दा एउटा पुरानो सन्दुक देख्यो । उसका हजुरबाले कुनै समय उ आफू सानो छँदा यस्तो रोग आफ्नो गाँउमा कसैलाइ भएको र आफूले त्यसको उपचार गरेको बताएको झल्यास्स उसलाई याद आयो । कागका हजूरबा आफ्नोे जमानाका राम्रा वैद्य थिए । त्यही सन्दुकमा केहि भेटिन्छ कि भनि हेर्दा पुरानो गाता भएको एउटा डायरी फेला पर्यो ।

साच्चै त्यसमा सो रोगको जानकारी हजुरबाले लेख्नु भएको रहेछ । तर त्यसको उपचारका लागि “धनवन्तरी वन” बाट फूल ल्याउनु पर्ने रहेछ । “धवन्तरी वन” त्यो जंगलदेखी कोशौं टाढाको एउटा गाँउका नामी बैद्य सुषेणले आफै बनाएको ठुलो बगैचा थियो । त्यो कुरा पनि उसले हजुरबुवाबाटै  सुनेको थियो । कागले आफ्नी कागिनीलाई मयूरको हेरचाह गर्न अह्राएर धवन्तरी वनतर्फ लाग्यो ।

धनवन्तरी वन पुग्न त्यती सजिलो थिएन । तर काग भने बाटोमा आईपर्ने सम्पूर्ण बाधाहरुलाई पार गर्दै धनवन्तरी वनसम्म आई पुग्यो । त्यो वनबाट कुनै पनि जडिबुटी लिएर जानु अघि त्यो वनको रक्षाको लागि बसेका दुई नागहरुको चित्त बुझाउँनु पर्दथ्यो । त्यहाँको नियमनै थियो कुनै पनि प्राणी ति दुई नागहरुको आज्ञा बिना वनभित्र पसेमा त्यहीँ भित्रनै बेहोश भएर ढल्थे जसलाई पछि नागहरुले डसेर मार्दथे ।

यो कुरा कागलाई थाहा थिएन । जब ऊ नागहरुको आज्ञा बिनानै वनभित्र प्रवेश मात्र गरेको के थियो, काग बेहोश भएर ढल्न पुग्यो । यसरी कुनै परदेशी काग बगैचामा प्रवेश गरेर बेहोश भै ढलेको, बैद्य सुषेण कि कान्छी छोरी सुनन्दा, जो बाबाको लागी फूल लिन पसेकी थिइन उनले देखिछन् । बेहोश भएको कागलाई उनले फूलकै टोकरीमा राखेर बाहिर ल्याईन ।

सुनन्दाले बेहोश भएको कागलाई औषधी लगाएर होशमा ल्याएपछि काग के कति कामले त्यहाँ आएको हो भनेर सोधिन् । कागले सम्पूर्ण कुरा सबिस्तार भनेपछि सुनन्दाले निस्वार्थी कागको आफ्नो छिमेकीप्रतिको सहयोग सुनेर निकै प्रभावित भईन् अनि आफूले ल्याएको फूल मध्ये केही औषधीय फूलहरु दिएर बिदा गरीन । काग पनि आफूले चाहेको जस्तो औषधी पाएर मख्ख पर्दै सुनन्दालाई आफ्नो प्राण समेत बचाइदिएकोमा धन्यबाद दिदै त्यहाँबाट उड्यो ।    

घरमा आएर मयूरलाई त्यो औषधी फूलको लेप लगाउने र रस पकाएर खाने गर्नाले मयूरको स्वास्थ्य सुध्रदै गयो । उसका पहिले जस्तै इन्द्रेणी रंगका प्वाँखहरु पलाए । अब भने मयूरको घमण्डी स्वभाव चटक्कै गायब भईसकेको थियो । उ मिजासिलो र सहयोगी भईसकेको थियो । अब उसले राम्रोसँग थाहा पाइसकेको थियो कि रुप रंग त केही दिनका साथी मात्र हुँदा रहेछन । पक्का साथी त ज्ञान, बुद्धि, विवेक र सहयोगी भावना पो हुँदा रहेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Govinda Subedi

Nice story. Teaches good lesson to the kids......


सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले बालबालिकालाई भने‘इमानदार हुनु’

प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमानदार रहन सम्झाउँदै  पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमानदार....

जीवजन्तुका केही रमाईला तथ्यहरु !

हौसला

आफ्ना साथी त्यहाँ खसेपछि सबै भ्यागुतोहरुलाई निकै चिन्ता लाग्यो । उनीहरुले आफ्ना खसेका साथीहरुलाई कुनै पनि हालतमा निकाल्न सक्दैनथे । खसेका दुवै भ्यागुताहरुले आफ्नोतर्फबाट बाहिर....

माछाको मज्जाको संसार !

* शार्क ह्वेल माछा सबैभन्दा ठूलोमाछा हो जसको लम्बाई १२ मिटर जति हुन्छ अनि तौल १८ टन भन्दा बढि हुन्छ। * सेलफिस सबैभन्दा छिटो कुद्ने....

'सुन्तला' रंग पहिले कि फल ?

वास्तवमा अरेञ्जको मूल उत्पती संस्कृत शब्दबाट भएको मानिन्छ । संस्कृतमा सुन्तलाको रुखलाई 'नारंग' भनिन्छ । हुन त प्राचिन पर्सियन भाषामा पनि सुन्तलालाई ' नारंग 'नै....