उकेरा फिचर

अवकासप्राप्त जमदार बंगुर पालनमा

बिमला खड्का 


सुर्खेत : २०४७ सालमा सुर्खेतबाट नेपाली सेनाको जागिर सुरु गरेका संखुवासभाका जब्बरबहादुर श्रेष्ठ सुर्खेतबाटै जागिरे जीवनको अन्त्य गरे। करिव १८ वर्ष जागिर गरेका उनले २०६४ सालमा जमदारबाट स्वेच्छिक अवकाश लिए।

पल्टनमा रहँदा अनुशासन र मेहनतप्रतिकै लगावले उनलाई अवकाशपछि बैंक तथा कम्पनीमा सुरक्षा गार्डको प्रस्ताव आएकै थियो। तर, उनले त्यो प्रस्ताव स्वीकारेनन्। 

अवकाशपछि उनलाई जापान जाने अवसर मिल्यो। २०६४ चैतमा १० लाख रूपैयाँ लगानी गरेर उनी जापान पुगे। जापानमा मासिक डेढदेखि अढाई लाख रूपैयाँसम्म मासिक तलव बुझ्थे उनी। 

उनले त्यहाँ रहँदा जापानका नागरिकको अनुशासन र मेहनत देखे। लगानी, परिश्रम र मेहनत गरे नेपालमै केही गर्न सकिने निर्णयमा पुगे। अनि १३ महिने जापान बसाईपछि नेपाल फर्किने निधो गरे। 

जापानमा रहेका सुनसरीका नारायण आचार्य श्रेष्ठको प्रेरणाको स्रोत बने। 

आचार्यका छोराले ६०/७० हजार मासिक कमाइ गरिरहेको बंगुर फार्मको कहानी सुनेर प्रभावित भए श्रेष्ठ। अनि जापानमै योजना बुने बंगुर फार्म खोल्ने।

‘१० वर्षे द्वन्द्वकालमा ज्यान जोगाउन जापान पुग्नुभएका सुनसरीका नारायण आचार्य दाइले आफ्नै छोराले बंगुर पालेर मासिक ६०/७० हजार कमाइ गरिरहेको छ भन्नुभयो,’ श्रेष्ठले सुनाए, ‘उहाँकै (नारायण आचार्य) प्रेरणाले मैले जापानमै बंगुर पालन गर्ने योजना बनाएँ।’ 

उनले २०६५ मा नेपाल फर्किएर पूर्वको झापा, सुनसरी लगायतको जिल्ला पुगेर बंगुर पालन गरिरहेकाहरूसँग बंगुर व्यवसायको सम्भावना बुझे। 

जागिरको सिलसिलामा विभिन्न जिल्ला पुगेका उनले बंगुर व्यवसायका लागि सुर्खेतमै सम्भावना देखे। उनले झापाको एक बंगुर फार्मबाट ३० वटा बंगुरको पाठापाठी ल्याएर १० लाख रूपैयाँको लगानीमा वीरेन्द्रनगरको लाटीकोइलीमा बंगुर पाल्न सुरु गरे।

‘अहिलेसम्म व्यावसायिकरूपमा बंगुर फार्म नभएको जिल्ला कहाँ छ भनेर हेर्दै, बुझ्दै जाँदा सुर्खेत नै देखियो,’ उनले भने, ‘त्यसपछि २०६७ सालमा व्यवसाय सुरु गरे। अहिले यसबाट मासिक ४० हजार रूपैयाँसम्म बचत हुन्छ।’

उनले बंगुर वधशालासमेत सञ्चालन गरेका छन्। दैनिक ३/४ वटा बंगुरको मासु बिक्री गर्छन्। उनका अनुसार बंगुरको मासु सुर्खेतमा खपत हुने गरेको छ। 

तर, बंगुर पालन गर्नेलाई बजारको चुनौती रहेको उनी बताउँछन्। यसका लागि उपभोक्ता र बंगुर पालकबीच समन्वय हुन जरुरी रहेको उनको भनाइ छ। उनले भने, ‘सकेसम्म हाम्रो उत्पादनलाई बजारमा उचित मूल्य हुन जरुरी हुन्छ।’ 

व्यवसाय र वधशाला एक्लैले धानेका उनले कामदार पाउन मुस्किल रहेको बताए। 

उनले पूर्व झापादेखि बँगुरको पाठापाठी ल्याएर पालन सुरु गरेका हुन्। 

उनको फार्ममा अहिले साना ठूला गरी ५६ वटा बंगुर छन्। उनले बंगुरका पाठापाठी थप्ने योजना रहेको सुनाए। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो। दाइहरुले पढेको देख्दा नानीमैया....

ड्रेस सेन्स फैलाउने धाख्वा

पुस्ताले केवल व्यापारको रूपमा मात्र लिएको कपडामा उनी सृजना खोज्न थाले। कपडामा कला थप्ने मोहमा घोत्लिँदा घोत्लिँदै उनमा फेसन डिजाइनिङ भन्ने पढ्न नि पाइन्छ भन्ने....

भुटानी शरणार्थीका दुख : ‘अमेरिका पुगेका छोराछोरीले सोधखोज नै गरेनन्’

४ छोरा अमेरिका पुगेको ५ वर्ष भयो। उनीसँगै बसेका एक भाइको उच्च रक्तचापका कारण यहीँ माघ १ गते निधन भयो। प्रेमभाव दर्साउने दिल छियाछिया भएका....

तरकारी खेतीमा सुब्बासा’ब

त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। 

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’  परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल....