त्रिविविले सार्वजनिक गर्यो उपप्राध्यापकको नतिजा

त्रिविविले सार्वजनिक गर्यो उपप्राध्यापकको नतिजा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगले खुल्ला प्रतियोगिताका माध्यमबाट २०७६ सालमा लिएको उपप्राध्यापकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले २०७६ कार्तिक २८ गतेदेखि पुस ६ गतेसम्म संचालन गरेको लिखित परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो।

अन्तरवार्तामा छनोट भएका उम्मेदवारहरुलाई सुरु दरखास्तका साथ पेस गरेका कृतिहरुको पुनः भरिएको विवरण फाराम, कृतिहरुको डिजिटल कपी, कार्यानुभव फाराम र व्यक्तिगत विवरण मंसिर ८ गतेदेखि १७ गतेभत्रि आयोगको वेबसाइटमा उपलब्ध हुने लिंकमार्फत पेस गर्न आयोगले आग्रह गरेको छ। 

साथै आयोगले कृतिका एक एक सक्कल प्रति र बायोडाटा मंसिर २४ गतेभित्र सेवा आयोगको कार्यालयमा पेस गर्न भनेको छ। अन्तरवार्ताको सूचना भने पछि प्रकाशित गरिने आयोगले जनाएको छ।

यस्तो छ नतिजा

२६ कात्तिक, २०७७, १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।