काठमाडौं : साहित्यकार तथा जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे (समिर) को लघुकथा म्यान्मारको पाठ्यक्रममा समावेश भएको छ।
शिक्षा
म्यान्मारको पाठ्यक्रममा समिरको ‘नयाँ कथा’

कक्षा ७ को नेपाली भाषा बिषयमा पाण्डेद्धारा लिखित लघुकथा ‘नयाँ कथा’ समाबेश भएको हो।
पाण्डेले २०७३ सालमा लेखेको बैदेशिक रोजगारी सम्बन्धि लघुकथा म्यान्मार सरकारले आफ्नो पाठ्यक्रममा समावेश गरेको उकेरालाई जानकारी दिए।
‘म्यानमार सरकारले पाठ्यक्रममा विभिन्न विधा समावेश गर्ने क्रममा ‘नयाँ कथा’ लाई पनि छनौट गरी समावेश गरिएको रहेछ’ उनले भने।
पाठ्यक्रम म्यानमारमा बस्ने नेपालीभाषीहरुले पढिरहेको उनले जानकारी दिए।
२०७७ कात्तिक १९ गते १७:४२ मा प्रकाशित