मलाई नै किन ?

मलाई नै किन ?

लेखाईमा पीडा थियो । आफुले माया गर्ने मान्छेलाई गुमाउन लागेको अवस्थामा शुभेच्छुकलाई  पीडा हुनु स्वभाविक पनि थियो, तर आर्थर आशेले यसको प्रत्युत्तर जसरी दिए, त्यो निकै मर्मस्पर्शी र प्रेरणादायी थियो ।

मुटुको शल्यक्रिया गर्दा संक्रमित रगतको कारणले एचआईभि एड्सको संक्रमण भएपछि ४९ वर्षकै उमेरमा मृत्युवरण गर्न पुगेका विम्बलडन टेनिसका विश्वविख्यात खेलाडी आर्थर आशे जब मृत्युको मुखमा पुग्दै थिए, उनका थुप्रै प्रशंसकहरु निकै दुखित थिए । यसैक्रममा एकजना प्रशंसकले उनलाई एउटा पत्र पठाएर भगवानसँग गुनासो गर्दै भनेका थिए, यस्तो भयानक रोगको लागि भगवानले आखिर किन तपाईंलाई नै रोज्नु परेको ?

लेखाईमा पिडा थियो । आफुले माया गर्ने मान्छेलाई गुमाउन लागेको अवस्थामा शुभेच्छुकलाई  पीडा हुनु स्वभाविक पनि थियो, तर आर्थर आशेले यसको प्रत्युत्तर जसरी दिए, त्यो निकै मर्मस्पर्शी र प्रेरणादायी थियो । उनले लेखेका थिए,

५ करोड बालबालिकाहरुले टेनिस खेल्न सुरु गरे,
५० लाखले खेल्न सिके,
५ लाख व्यवसायिक खेलाडी बने,
५० हजार सर्किटमा उत्रिए,
५ हजार ग्राण्डस्लाममा पुगे,
५० जना विम्बलडनमा आए,
४ जना सेमीफाईलमा पुगे,
२ जना फाईनलमा पुगे,

अनि जब आखिर त्यो कप मेरो हातमा पर्यो, मैले कहिल्यै भगवानसँग सोधिन कि,
" हे भगवान  किन मलाई यो कप दिलायौ ? " भनेर,
अनि आज म यो पीडामा भएको बेलामा कसरी भगवानलाई प्रश्न गर्न सक्छु कि,
" हे भगवान आखिर मलाई नै किन ?"

 

१४ कात्तिक, २०७७, १७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।