दसैंमा जमराको माला (फोटो फिचर) 

दसैंमा जमराको माला (फोटो फिचर) 
नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीको परिवार।

काठमाडौं : बडादसैंको प्रमुख दिन विजयादशमीमा आज मान्यवरको हातबाट टीका र जमरा लगाइएको छ। 

टीका र जमरा लगाएका तस्बिरले सामाजिक सञ्जालका भित्ता रंगिएका छन्। केहीले सामाजिक दूरी कायम गरेर त केहीले मास्क र फेस भाइजर प्रयोग गरेर टीका र जमरा लगाएका छन्। केहीले भने जमराको माला लगाएका तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीले जमराको माला लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

विशेषगरी कर्णाली प्रदेशको जाजरकोट, कालिकोट लगायतका स्थानीयले जमराको माला लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरिएका छन्। 

यस्तै, नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीको सपरिवार तथा जाजरकोटका पत्रकार हरिहरसिंह राठौरको परिवारको तस्बिरहरु पनि सामाजिक सञ्जालमा भाइरल भएका छन्।

१० कात्तिक, २०७७, १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।