साधु बाघ र घमण्डी चरा

साधु बाघ र घमण्डी चरा

कल्पनाशिलतालाई प्रोत्साहित गर्दै उकेराले ल्याएको छ चित्रकथा प्रतियोगिता । कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने यो प्रतियोगितामा हामीले प्रस्तुत गरेको चित्रलाई आधार मानेर कथा लेख्नुपर्नेछ । प्राप्त कथाहरुमध्ये उत्कृष्ट कथालाई उकेरामा प्रकाशित गरिनुका साथै पुरस्कृत पनि गरिनेछ । यसैक्रममा चित्रकथा प्रतियोगिता १ को विजेता बनेकी छिन् सूर्योदय साई सेकेण्डरी स्कूल ललितपुरकी कक्षा ७ की छात्रा संगीता गुरुङ्ग ।

एकादेशमा एउटा सुन्दर गाउँ थियो । थुप्रै रुख र पहाडले घेरिएको त्यो गाउँको वरीपरि रहेको जंगलमा थुप्रै जनावर र चराहरु पनि थिए । त्यहाँ एउटा साधु बाघ पनि बस्ने गथ्र्यो । उ निकै सोझो बाघ थियो । एकदिन उ गाउँको नजिकै हिँडिरहेको थियो, उसको भेट एउटा चरासँग भयो । त्यो चरा निकै घमण्डी थियो । उसलाई आफ्नो रुपको निकै घमण्ड थियो । उसलाई यो संसारमा आफुजस्तो राम्रो कोही पनि छैनन भन्ने लाग्थ्यो । हिँडिरहेको बाघलाई देखेपछि उ बाघलाई चिढ्याउन खोज्दै बाघको अगाडी आएर तिमी कस्तो फोहरी बाघ भन्दै बाघको निन्दा गर्न थाल्यो । बाघले यो सुन्दा पनि केही बोलेन बरु चराको कुरा सुनिरह्यो । चराले म संसारकै सुन्दर चरा हुँ, म यो जंगलकी रानी हुँ भन्दै बाघलाई तिमी अब देखि मेरो अगाडी कहिल्यै देखा नपर्नु भन्दै निकै हेला गर्दै बोलिरह्यो । बाघले चराको कुरा नसुनी आफ्नो बाटोमा खुरुखुरु अघि बढ्यो ।


केही दिनपछि त्यो जंगलमा केही मान्छेहरु आएर आगो लगाए । जसले गर्दा त्यहाँ रहेका पशुपंछीहरु कोही भाग्न थाले भने धेरै त आगोमा जलेर मरे । यसै क्रममा त्यो घमण्डी चरालाई पनि आगोले पोल्न थाल्यो । त्यही बेला त्यहाँ साधु बाघ आईपुग्यो । उसले आगोमा जल्न थालेको चरालाई त्यहाँ बाट उठाएर सबै आगो निभाईदियो र त्यहाँबाट लिएर सुरक्षित ठाउँतिर दौडियो । यसरी साधु बाघले आफुलाई घृणा गर्ने चरालाई बचायो । चरालाई आफुले साधुबाघलाई पहिले गरेको ब्यवहार सम्झिएर निकै पछुतो लाग्यो ।
त्यसैले हामीले कसैलाई घृणा गर्नु हुँदैन र घमण्ड पनि गर्नु हुँदैन ।

कक्षा :७
सूर्योदय साई सेकेण्डरी स्कूल,ललितपुर

 

७ कात्तिक, २०७७, १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।