विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारप्राप्त नरबहादुर बिके एक कलाप्रशिक्षक पनि हुन्, उनले देश विदेशका थुप्रै ठाउँमा आफ्नो चित्रकला प्रदर्शनी पनि गरेका छन् र बेलाबेलामा कलाप्रशिक्षण कार्यशालाहरु पनि सञ्चालन गरिरहेका हुन्छन् ।
सिफारिस
इन्टरनेटको आजको जमानामा केही कुरा सिक्नुपर्यो भने सयौं, हजारौं साईटहरु उपलब्ध छन् । केही सिक्ने ईच्छा र लगन छ भने घरैमा बसेर थुप्रैकुरा सिक्न सकिन्छ । यस्तै सिक्नेहरुको ईच्छालाई बुझेर चित्रकार नरबहादुर बिकेले एउटा युट्युब च्यानल सञ्चालन गरेका छन् । यहाँ आयल तथा एक्रेलिक पेण्टिग गर्ने तरिका सरल तरिकाले सिकाईएको छ । जसको माध्यमबाट पेण्टिंग सिक्न ईच्छुकले सजिलो तरिकाबाटै सिक्न सक्नेछन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारप्राप्त नरबहादुर बिके एक कलाप्रशिक्षक पनि हुन्, उनले देश विदेशका थुप्रै ठाउँमा आफ्नो चित्रकला प्रदर्शनी पनि गरेका छन् र बेलाबेलामा कलाप्रशिक्षण कार्यशालाहरु पनि सञ्चालन गरिरहेका हुन्छन् । लगभग डेढ दुईदशकदेखि लाजिम्पाटमा बिके आर्ट ग्यालरी खोलेर कलाक्षेत्रमा काम गरिरहेका उनको युट्युब च्यानलमार्फत कला प्रशिक्षण दिने यो कोशिसबाट यहाँहरुले पनि फाईदा लिन सक्नुहुनेछ ।
२०७७ कात्तिक ०२ गते ८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।
प्रतिक्रिया
BK NAR BAHADUR
८४० दिन
Thanks santosh paudel G.