गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमित ५४३४ पुगे  

गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमित ५४३४ पुगे  

काठमाडौं : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यससँगै त्यहाँ कोरोना संक्रमितको संख्या ५ हजार ४३४ पुगेको छ। 
 

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय आज (शुक्रबार) बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २३ जना छन्। यस्तै, गोरखा र लमजुङका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ। 

थपिएका सबै संक्रमितको परीक्षण चितवन मेडिकल कलेजमा गरिएको निर्देशनालयले जनाएको छ। थपिएका संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ।  

३० असोज, २०७७, १०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।