जन्मदिन मनाउने खर्चले स्कुललाई स्वास्थ्य सामग्री 

जन्मदिन मनाउने खर्चले स्कुललाई स्वास्थ्य सामग्री 

जापानको टोकियोमा अध्ययनरत अधिकारीेले धादिङको त्रिपुरासुन्दरी गाँउपालिका–२ मा रहेको चुलीदेवी माध्यामिक विद्यालयलाई १५ हजार बराबरको साबुन,माक्स लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

चुनदेवी माविको भूपूविद्यार्थी रहेका अधिकारी धादिङ गंगाजमुना गाँउपालिकाका–७ का स्थानीय हुन्।

कोरोना संक्रमणको समयमा सहयोग स्वरुप आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गरेको उनले उकेरालाई बताए।

विद्यालयका शिक्षक दिपकराज कँडेलमार्फत उनले यो सहयोग उपलब्ध गराएका हुन्।

शिक्षक कँडेलले अधिकारीबाट उपलब्ध स्वास्थ्य सामग्री विद्र्याथीलाई वितरण गरिएको जानकारी दिए। 
 

२२ असोज, २०७७, १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।