परीक्षा सञ्चालन गर्न सरकारको स्वीकृति 

परीक्षा सञ्चालन गर्न सरकारको स्वीकृति 
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली।

काठमाडौं : शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सरकारले स्वीकृति दिएको छ।

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्। 

ज्ञवालीले परीक्षा सम्बन्द्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको बताए।

कोरोना भाइरस संक्रमण जोखिमका कारण विगत सात महिनादेखि शिक्षण संस्था बन्द छन् भने कुनै पनि परीक्षा सञ्चालन हुन सकेको छैन। 

कोरोना महामारीको बीचमा पनि केही शैक्षिक सस्थाहरुले अनलाइनबाट नै परीक्षा संचालन गरेका छन्।
 

२१ असोज, २०७७, १२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।