यसपटक द स्टोरीटेलर्स नामक युट्युब च्यानललाई हामीले सिफरिस गर्दै यहाँ सोही च्यानलबाट एउटा भिडियो प्रस्तुत गरेका छौं ।
सिफारिस
यसपटक द स्टोरीटेलर्स नामक युट्युब च्यानललाई हामीले सिफरिस गर्दै यहाँ सोही च्यानलबाट एउटा भिडियो प्रस्तुत गरेका छौं । विभिन्न व्याक्तिहरुका अनुभवहरु बाँड्ने मञ्चको रुपमा आरम्भ गरिएको यो कार्यक्रमले सोही प्रस्तुतिलाई भिडियो बनाएर युट्युबमार्फत प्रस्तुत गर्दै आईरहेको छ । स्टोरीटेलर, स्टोरी येलर लगायत स्ट्याण्डअप कमेडीलाई पनि समेटेर भिडियोहरु बनाउने यो च्यानलले हालै पडकास्ट बिधामा पनि हात हाल्दै बरिष्ठ कलाकार मदनदास श्रेष्ठको आवाजमा कथा कथन पडकास्ट सिरीज पनि आरम्भ गरेको छ । प्रशान्त मानन्धरले सञ्चालन गर्ने यो च्यानलका यो लेख तयार पार्दासम्म २ लाख ८५ हजार भन्दा बढि सब्स्क्राईबर भईसकेका छन् । यहाँ रहेका भिडियोहरु निकै लोकप्रिय र प्रेरणादायी पनि रहेका छन् ।
२०७७ भदौ २९ गते १२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।