उकेरा जुनियर

मोनालिसा सम्बन्धी केही रोचक तथ्यहरु !

उकेरा संवाददाता


यो पेन्टिंग पटक पटक चोरी भएको पनि थियो । एकपटक त अर्का प्रसिद्ध चित्रकार पाब्लो पिकासोलाई समेत यो पेन्टिंग चोरी गरेको आरोप लगाईएको थियो ।

विश्वविख्यात चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको पेन्टिंग  संभवतः विश्वमा सबैभन्दा धेरैले चिन्ने पेन्टींग हो भनेमा सायद त्यो सही नै ठहरिएला । मोनालिसाको रहस्यमयी मुस्कानले यो पेन्टिंगलाई विशेष बनाउन ठूलो भूमिका खेलेको छ । आउनुहोस् यही विश्वप्रसिद्ध पेन्टिंगका बारेमा केही रोचक कुरा गरौं ।

मोनालिसाको पेन्टिंग  इटालियन चित्रकार लियोनार्दो दा भिन्चीले सन् १५०३ मा बनाएका थिए । यो पेन्टिंग  बनाउन लियोनार्दोलाई चारवर्ष लागेको थियो ।

यो काठमा बनाईएको आयल पेन्टिंग हो जसको साईज ३० इञ्च अग्लो र २१ ईन्च चौडा छ ।

यो पेन्टिंग  लियोनार्दोले फ्लोरेन्सका एकजना व्यापारीकी श्रीमती घेरार्दिनी नामक महिलालाई हेर्दै बनाएका हुन् भन्ने विश्वास रहेको पाईन्छ । तर लियोनार्दोले नै आफुलाई महिलाको रुपमा चित्रित गरेका हुन् भन्ने अर्कोथरी मत पनि रहेको छ ।

दोस्रो विश्वयुद्धको समयमा नाजीहरुबाट बचाउनका लागि यो पेन्टिंगलाई ६ ठाउँमा सारिएको थियो ।
यो पेन्टिंग पटक पटक चोरी भएको पनि थियो । एकपटक त अर्का प्रसिद्ध चित्रकार पाब्लो पिकासोलाई समेत यो पेन्टिंग चोरी गरेको आरोप लगाईएको थियो ।

हाल यो पेन्टिंग फ्रान्सको लुभ्र संग्राहलयमा छ ।

यसलाई जतनका साथ राख्नको लागि नफुट्ने र नटल्किने एककिसिमको विशेष बुलेटप्रुफ शिशाको पत्र लगाईएको छ ।

इटालियन चित्रकार लियोनार्दोले बनाएको यो पेन्टिंग  फ्रान्समा कसरी पुग्यो भनेर एक किसिमले सबैलाई अचम्म लाग्ने गर्छ कि  । खासमा १५१६ मा फ्रान्स आउँदा यसलाई लियोनार्दोले यो पेन्टिंगलाई पनि साथमा ल्याएका थिए । पछि उनको फ्रान्समै निधन भयो । यो पेन्टिंग  लियोनार्दोकै एक शिष्य सलाईलाई हस्तान्तरण गरियो । भनिन्छ, सलाईले फ्रान्सका राजालाई त्यो पेन्टिंग बेचेका थिए । फान्सेली क्रान्तीपछि यसलाई लुभ्र संग्राहलयमा राखियो ।

कतिपयले यो पेन्टिंग अझै पनि अधुरो छ पनि भन्ने गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले बालबालिकालाई भने‘इमानदार हुनु’

प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमानदार रहन सम्झाउँदै  पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमानदार....

जीवजन्तुका केही रमाईला तथ्यहरु !

हौसला

आफ्ना साथी त्यहाँ खसेपछि सबै भ्यागुतोहरुलाई निकै चिन्ता लाग्यो । उनीहरुले आफ्ना खसेका साथीहरुलाई कुनै पनि हालतमा निकाल्न सक्दैनथे । खसेका दुवै भ्यागुताहरुले आफ्नोतर्फबाट बाहिर....

माछाको मज्जाको संसार !

* शार्क ह्वेल माछा सबैभन्दा ठूलोमाछा हो जसको लम्बाई १२ मिटर जति हुन्छ अनि तौल १८ टन भन्दा बढि हुन्छ। * सेलफिस सबैभन्दा छिटो कुद्ने....

'सुन्तला' रंग पहिले कि फल ?

वास्तवमा अरेञ्जको मूल उत्पती संस्कृत शब्दबाट भएको मानिन्छ । संस्कृतमा सुन्तलाको रुखलाई 'नारंग' भनिन्छ । हुन त प्राचिन पर्सियन भाषामा पनि सुन्तलालाई ' नारंग 'नै....