उकेरा जुनियर

आवाजको संसारमा सराहना

बालप्रतिभा

उकेरा संवाददाता


सराहना पौड्याल आजकाल विभिन्न नर्सरी राईम्सहरु गाउने बालगायिका बनेकी छिन्।

एकपटक आफ्ना बाबाआमासँग एउटा पारिवारिक पार्टीमा जाँदा बाबाको एकजना साथीले सराहनालाई पुकुलुकुको गीत गाउने सिंगर भनेर आफ्ना छोरााछेरीलाई चिनाए। उनीहरुले सराहनासँग फोटो खिच्न खोजे। आफुलाई चिनिएकोमा सराहनालाई निकै अचम्म लाग्यो।

आफुलाई त्यसरी कहिल्यै नदेखेको मान्छेहरुले पनि चिन्छन् भनेर उनलाई विश्वास नै लागेको थिएन। समयक्रमसँगै उनलाई धेरैले चिन्दै गए। अहिले त स्कुलका धेरै साथीहरुले उनलाई पुकुलुकुमा गीत गाउने सिंगर भनेर चिन्छन्। र, जिस्काउँछन् पनि। 

हो, सराहना पौड्याल आजकाल विभिन्न नर्सरी राईम्सहरु गाउने बालगायिका बनेकी छिन्। युट्युबमा पुकुलुकु नामक च्यानलमा उनले गाएका विभिन्न नेपाली नर्सरी राईम्स अर्थात बालगीतहरु लोकप्रिय बन्दै गइरहेका छन्।

कुखुरी काँ, म्याउ म्याउ बिरालो, दशैं आयो, तिहारको पहिलो दिन कागपुजा गरिन्छ, काग दाजै पिपल झारीदेउ, गाईको बच्चालाई के भन्छ ?, उडदैथिए काग दाजै लगायतका गीतहरु उनले गाएकी छिन्। यसबाहेक उनले केही विज्ञापनहरुमा आवाज पनि दिएकी छिन् । आजकल फेरी पुकुलुकु बाहेक बबल्स च्यानलका लागिसमेत उनले गीतहरु गाउन थालेकी छिन्। त्यसमा रहेको काकु क्यारेक्टर पनि उनलाई निकै मनपर्छ।

सेन्ट मेरीज स्कूल, ललितपुरमा कक्षा ५ मा पढ्ने सराहनालाई गीत गाउन बाहेक चित्र कोर्न पनि खुबै मनपर्छ। आमाबुवा अनि भाईका साथमा भैसेपाटीमा बस्ने सराहना, बाबाको प्रेरणाले गीत गाएको बताउँछिन् अनि  भविष्यमा आर्टिष्ट बन्ने हो भन्न पनि छाड्दिनन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले बालबालिकालाई भने‘इमानदार हुनु’

प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमानदार रहन सम्झाउँदै  पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमानदार....

जीवजन्तुका केही रमाईला तथ्यहरु !

हौसला

आफ्ना साथी त्यहाँ खसेपछि सबै भ्यागुतोहरुलाई निकै चिन्ता लाग्यो । उनीहरुले आफ्ना खसेका साथीहरुलाई कुनै पनि हालतमा निकाल्न सक्दैनथे । खसेका दुवै भ्यागुताहरुले आफ्नोतर्फबाट बाहिर....

माछाको मज्जाको संसार !

* शार्क ह्वेल माछा सबैभन्दा ठूलोमाछा हो जसको लम्बाई १२ मिटर जति हुन्छ अनि तौल १८ टन भन्दा बढि हुन्छ। * सेलफिस सबैभन्दा छिटो कुद्ने....

'सुन्तला' रंग पहिले कि फल ?

वास्तवमा अरेञ्जको मूल उत्पती संस्कृत शब्दबाट भएको मानिन्छ । संस्कृतमा सुन्तलाको रुखलाई 'नारंग' भनिन्छ । हुन त प्राचिन पर्सियन भाषामा पनि सुन्तलालाई ' नारंग 'नै....