उकेरा जुनियर

छाता : रोचक जानकारी

उकेरा संवाददाता


छाताको अविष्कार पानीबाट बच्नको लागि नभई घामबाट बच्नको लागि भएको हो।

छातालाई अंग्रेजीमा अम्ब्रेला भनिन्छ। यो ल्याटिन भाषाबाट आएको हो। जसको अर्थ हुन्छ छायाँ ।

यसको अविष्कार चार हजार वर्ष पहिले भएको हो।

यसको अविष्कार पानीबाट बच्नको लागि नभई घामबाट बच्नको लागि भएको हो।

चीनमा पानीबाट बच्नको लागि छातामा मैनको पत्र लगाउँने गरिन्थ्यो।

यसको प्रयोग प्राचिन युनान, मिश्र अनि चीनमा बढि हुन्थ्यो।

सन् १८६४ मा स्यामूअल फक्सले इस्पातको ढाँचाबाट छाताको डिजाइन तयार गरेका थिए। पछि विलियम सी कार्टर नामक अमेरिकीले सन् १८८५ मा यसको पेटेण्ट दर्ता गराए ।

छाताको पहिलो पसल जेम्स स्मिथ एण्ड सन्स नाममा लण्डनमा खोलिएको थियो र त्यो पसल न्यू अक्सफोर्ड सेण्ट लण्डनमा आज पनि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले बालबालिकालाई भने‘इमानदार हुनु’

प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमानदार रहन सम्झाउँदै  पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमानदार....

जीवजन्तुका केही रमाईला तथ्यहरु !

हौसला

आफ्ना साथी त्यहाँ खसेपछि सबै भ्यागुतोहरुलाई निकै चिन्ता लाग्यो । उनीहरुले आफ्ना खसेका साथीहरुलाई कुनै पनि हालतमा निकाल्न सक्दैनथे । खसेका दुवै भ्यागुताहरुले आफ्नोतर्फबाट बाहिर....

माछाको मज्जाको संसार !

* शार्क ह्वेल माछा सबैभन्दा ठूलोमाछा हो जसको लम्बाई १२ मिटर जति हुन्छ अनि तौल १८ टन भन्दा बढि हुन्छ। * सेलफिस सबैभन्दा छिटो कुद्ने....

'सुन्तला' रंग पहिले कि फल ?

वास्तवमा अरेञ्जको मूल उत्पती संस्कृत शब्दबाट भएको मानिन्छ । संस्कृतमा सुन्तलाको रुखलाई 'नारंग' भनिन्छ । हुन त प्राचिन पर्सियन भाषामा पनि सुन्तलालाई ' नारंग 'नै....