-
हाम्रो बारेमा
-
सम्पर्क ठेगाना
-
विज्ञापनको लागि
सूचना प्रविधिको बढ्दो प्रभावसँगै समाचार सम्प्रेषणको माध्यम पनि बदलिए। छापा माध्यम परम्परागत बनिसक्यो। सिकारु पत्रकारिताको रूपमा उदाएको अनलाइन पत्रकारिता परिपक्व हुने पथमा तीव्रताका साथ लम्किरहेको छ। अनलाइन सञ्चारमाध्यमलाई पाठक/दर्शक/ श्रोताले मूलधारको रूपमा ग्रहण गरिसक्नुभएको छ।
जति तीव्र गतिमा अनलाइन सञ्चारमाध्यमको विकास र विस्तार भइरहेको छ, उस्तै गतिमा चुनौती पनि बढ्दो छ। अनलाइन सञ्चारमाध्यम पाठक/दर्शक/ श्रोतामाझ विश्वसनीयताको कसीमा खारिने चुनौती भने बाँकी नै छ। त्यही विश्वसनीयताको परीक्षामा उत्तीर्ण हुने विश्वासका साथ हामी उकेरा डटकम मार्फत पाठक/दर्शक/ स्रोतमाझ आएका छौँ।
सञ्चारमाध्यमलाई सधैँ आवाज विहीनहरूको आवाज भनिए पनि व्यवहारमा अझै कार्यान्वयन हुन सकेको छैन। हामी आवाज विहीनहरूको आवाज हुने पथमा अडिग छौँ।
चर्को हैन तथ्यपरक आवाज पच्छ्याउने हाम्रो लक्ष्य हो। सधैँ सुनिएका आवाज हैन, दबिएका आवाज सुनाउनु हाम्रो ध्येय हो।छिटो हुने भन्दा तथ्यपरक हाम्रो मूल मन्त्र हो। अबको युगमा पत्रकारिता हतारको साहित्य हैन भन्नेमा हामी विश्वस्त छौँ। समाजका नकारात्मक पाटो मात्र हैन, उत्साहजनक पाटोमा पनि हाम्रो उत्तिकै नजर रहनेछ। खराब पाटो उजागर गर्न हामी चुक्ने छैनौँ।
अक्षर चिन्ने सबै उमेर समूहका लागि पठनीय सामाग्री उत्पादन गर्ने हाम्रो लक्ष्यमा तपाईँको साथ, सहयोग र रचनात्मक सुझावको भूमिका महत्त्वपूर्ण छ। हामी सधैँ त्यसको पर्खाइमा रहनेछौँ।
उकेराको समाचार नीति
- उकेराले छिटो समाचार दिनेमा भन्दा तथ्यपरक समाचारलाई प्राथमिकता दिनेछ। तथ्यको अन्वेषण र विश्वसनीय सामाग्री सम्प्रेषण हाम्रो मुख्य उद्देश्य हो। तथ्य पुष्टि नभई जस्तासुकै समाचार हामी प्रकाशित गर्ने छैनौँ। ढिला हौँ तर तथ्यपरक समाचार दिऊँ भन्ने हाम्रो मूल लक्ष्य हो।
- हामी पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नेछौँ।
- उकेराले नेपालको प्रतिलिपी अधिकार सम्बन्धी कानुनको पूर्ण पालना गर्नेछ। समाचार/विचार लगायतका सामाग्रीमा आवश्यक तस्बिर तथा स्केचहरू आफ्नै स्रोतको प्रयोग गरिनेछ। गुगल लगायतका अन्य स्रोतबाट तस्बिर र स्केच उपयोग गर्नुपरेमा स्रोत अनिवार्य उल्लेख गरिनेछ। कदाचित अज्ञानवश हाम्रा कुनै सामाग्रीले प्रतिलिपि अधिकार उलङ्घन भएको जानकारी प्राप्त भए लगत्तै त्यस्ता सामाग्री प्रतिलिपि अधिकार रहेको व्यक्ति वा संस्थाको अनुमति लिएर मात्र प्रकाशित गर्नेछ वा हटाइनेछ।
- उकेराले राष्ट्रिय/ अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सामाग्री आवश्यक परे पुनर्लेखन गरेर प्रकाशन गर्नेछ।
- मानवीय कमजोरीका कारण हुनसक्ने त्रुटि जानकारी प्राप्त भए लगत्तै तत्काल भूल सुधार गरिनेछ। त्रुटि सच्याउँदा के त्रुटि भएको हो स्पष्ट उल्लेख गरेर राखिनेछ।
- प्रकाशित भइसकेको समाचार पूर्ण रूपमा हटाइने छैन।
- यो साइटका प्रयोगकर्ता सङ्ग्रह हुनसक्ने डिजिटल जानकारी कानुनी रूपमा सम्बन्धित निकायमा उपलब्ध गराउनै पर्ने अवस्था बाहेक गोप्य रहनेछ।
- उकेरामा कार्यरत कुनै पनि कर्मचारी कुनै पनि राजनीतिक दलको सदस्य हुन पाउँदैनन्। कोही कुनै राजनीतिक दलमा आबद्ध रहेको पुष्टि भएमा सोसँगको सम्झौता तत्काल रद्द गरिनेछ।
- उकेरा यौन दुर्व्यवहार र यौन हिंसाबारे शून्य सहनशीलतामा पूर्ण प्रतिबद्ध छ। उकेरामा आबद्ध कोही कसैमाथि यस्तो आरोप लागेमा तत्काल निलम्बन गरी घटनाको गम्भीरता र संवेदनशीलताका आधारमा आन्तरिक छानबिन वा सरकारी निकायलाई औपचारिक रूपमा जानकारी गराउने छ।
तथ्यको गोडमेल गर्दै सत्यमा उकेरा लगाउन हामी सधैँ प्रयत्नशील रहनेछौँ। उकेरामा प्रकाशित कुनै सामाग्रीमा कुनै प्रतिक्रिया भए ukeraanews@gmail.com मा सम्पर्क राख्न सक्नुहुनेछ।
धन्यवाद।

केपी ढुंगाना
प्रधान सम्पादक

सन्तोष पौड्याल
सल्लाहकार सम्पादक

असीम तिमल्सिना
सह–सम्पादक (डेस्क)

प्रजु पन्त
संवाददाता

संयोग नेपाल
सह–सम्पादक (डेस्क)

उपेन्द्र खड्का
संवाददाता

पुष्पा थपलिया
संवाददाता

पवित्ररत्न शाक्य
मल्टिमिडिया कन्सल्टेण्ट

कृष्पा श्रेष्ठ
फोटो पत्रकार

विकाश पराजुली
संवाददाता ( लुम्बिनी )

मोनिका वाइबा
संवाददाता

जगतदल जनाला विक
संवाददाता (कर्णाली प्रदेश)

सुरेश ढकाल
अध्यक्ष

प्रकाश आचार्य
प्रबन्ध व्यवस्थापक

योगेन्द्र अधिकारी
सल्लाहकार

रामभक्त थपलिया
लेखा व्यवस्थापक

रमेश दाहाल
लेखा सहायक

राजु घिमिरे
मार्केटिङ म्यानेजर