सूचना प्रविधिको बढ्दो प्रभावसँगै समाचार सम्प्रेषणको माध्यम पनि बदलिए। छापा माध्यम परम्परागत बनिसक्यो। सिकारु पत्रकारिताको रूपमा उदाएको अनलाइन पत्रकारिता परिपक्व हुने पथमा तीव्रताका साथ लम्किरहेको छ। अनलाइन सञ्चारमाध्यमलाई पाठक/दर्शक/ श्रोताले मूलधारको रूपमा ग्रहण गरिसक्नुभएको छ।

जति तीव्र गतिमा अनलाइन सञ्चारमाध्यमको विकास र विस्तार भइरहेको छ, उस्तै गतिमा चुनौती पनि बढ्दो छ। अनलाइन सञ्चारमाध्यम पाठक/दर्शक/ श्रोतामाझ विश्वसनीयताको कसीमा खारिने चुनौती भने बाँकी नै छ। त्यही विश्वसनीयताको परीक्षामा उत्तीर्ण हुने विश्वासका साथ हामी उकेरा डटकम मार्फत पाठक/दर्शक/ स्रोतमाझ आएका छौँ। 

सञ्चारमाध्यमलाई सधैँ आवाज विहीनहरूको आवाज भनिए पनि व्यवहारमा अझै कार्यान्वयन हुन सकेको छैन। हामी आवाज विहीनहरूको आवाज हुने पथमा अडिग छौँ।

चर्को हैन तथ्यपरक आवाज पच्छ्याउने हाम्रो लक्ष्य हो। सधैँ सुनिएका आवाज हैन, दबिएका आवाज सुनाउनु हाम्रो ध्येय हो।छिटो हुने भन्दा तथ्यपरक हाम्रो मूल मन्त्र हो। अबको युगमा पत्रकारिता हतारको साहित्य हैन भन्नेमा हामी विश्वस्त छौँ। समाजका नकारात्मक पाटो मात्र हैन, उत्साहजनक पाटोमा पनि हाम्रो उत्तिकै नजर रहनेछ। खराब पाटो उजागर गर्न हामी चुक्ने छैनौँ। 

अक्षर चिन्ने सबै उमेर समूहका लागि पठनीय सामाग्री उत्पादन गर्ने हाम्रो लक्ष्यमा तपाईँको साथ, सहयोग र रचनात्मक सुझावको भूमिका महत्त्वपूर्ण छ। हामी सधैँ त्यसको पर्खाइमा रहनेछौँ। 

तथ्यको गोडमेल गर्दै सत्यमा उकेरा लगाउन हामी सधैँ प्रयत्नशील रहनेछौँ।

 

User

केपी ढुंगाना

प्रधान सम्पादक

User

सन्तोष पौड्याल

सल्लाहकार सम्पादक

User

अनुराग अधिकारी

समाचार संयाेजक

User

माधव दुलाल

सह–सम्पादक (डेस्क)

User

सिर्जना दुवाल श्रेष्ठ

विशेष संवाददाता

User

असीम तिमल्सिना

सह–सम्पादक (डेस्क)

User

प्रजु पन्त

संवाददाता

User

उपेन्द्र खड्का

संवाददाता

User

पुष्पा थपलिया

संवाददाता

User

इश्वर कुमार मैनाली

संवाददाता

User

दिपेन्द्र अधिकारी

संवाददाता

User

पवित्ररत्न शाक्य

मल्टिमिडिया कन्सल्टेण्ट

User

कृष्पा श्रेष्ठ

फोटो पत्रकार

User

विनय बाह्रकोटी

संवाददाता ( प्रदेश १ )

User

विकाश पराजुली

संवाददाता ( लुम्बिनी )

User

जगतदल जनाला विक

संवाददाता (कर्णाली प्रदेश)

User

जीवन विष्ट

संवाददाता(सुदूरपश्चिम)

User

सन्तोष बर्तौला

अध्यक्ष

User

प्रकाश आचार्य

प्रबन्ध व्यवस्थापक

User

बरुणसिंह रावल

सल्लाहकार

User

योगेन्द्र अधिकारी

सल्लाहकार

User

योगेश भण्डारी

कानूनी सल्लाहकार

User

रामभक्त थपलिया

लेखा व्यवस्थापक

User

रमेश दाहाल

लेखा सहायक

User

सन्जय केसी

चिफ-मार्केटिङ