न्यून आय भएका परिवारका लागि दुई हजार घर निर्माण गर्दै श्रीलङ्का सरकार

उनले भने, ‘यो योजनालाई वास्तविकतामा परिणत गर्न सरकारले न्यून आय भएका परिवारका लागि दुई हजार आवास निर्माण सुरु गर्नेछ। यो परियोजनाले सहरी क्षेत्रलाई मात्र नभई अर्ध–सहरी जनसङ्ख्यालाई पनि फाइदा पुर्‍याउनेछ।’ राष्ट्रपति विक्रमासिङ्घेले न्यून आय भएका....

तालिबानले अफगानिस्तानमा पाकिस्तानी मुद्रा प्रयोगमा प्रतिबन्ध लगायो 

अफगान समाचार संस्था खामा प्रेसका तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रूपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको हो। यो आदेश तालिबानको सम्पत्ति शुद्धिकरण ‘एन्टी मनी लाउन्ड्रिङ’ शाखाले मनी एक्सचेन्ज एशोसिएशनलाई जानकारी गराएको....

इन्डोनेसियाको रंगशालामा भएको दङ्गामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो। इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताले दिएको समाचारमा खेलमा हार....

अमेरिकामा इयान आँधीबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी ‘राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुनसक्छ’ भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौं वा वर्ष लाग्ने बताएका छन्। शक्तिशाली आँधीले बुधबार दक्षिण–पश्चिम फ्लोरिडाका थुप्रै घरहरू ध्वस्त पारेको छ....

विवाहको दुई महिनाअघि बेहुला पक्षले माग्यो दाइजो, बेहुलीले गरिन् आत्महत्या

जानकारीका अनुसार नरैनी कोलवालीको पनगरा गाउँकी युवतीको विवाह डिसेम्बरमा मध्यप्रदेशमा हुनेवाला थियो। युवतीले पिताले केटा पक्षका कारण छोरीले विष सेवन गरेको आरोप लगाएका छन्। घटनाको जानकारीपछि प्रहरीले युवतीको शव नियन्त्रणमा लिएर पोस्टर्माटमका लागि पठाएको छ।....

काबुलको ट्युसन सेन्टरमा आत्मघाती विस्फोट, १९ जनाको मृत्यु

विद्यार्थीहरू परीक्षाको तयारी गरिरहेका बेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको हो। ट्युन सेन्टरमा विद्यार्थीहरूलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्न प्रशिक्षण दिने गरेको काबुल प्रहरीका प्रवक्ता  खालिद जाद्रानले बताए। मृत्यु हुनेमा अधिकांश छात्राहरू रहेको....

सोमालियामा सेनाको कारबाहीमा परी ४० आतङ्ककारी मारिए

सो कारबाहीका क्रममा अल सेबाब समूहका एक जना कमाण्डर पनि मारिएका छन्। त्यसक्रममा अल सेबाब आतङ्ककारी सङ्गठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको बताइएको छ। हिरान क्षेत्रमा अल सेबाबका लडाकाहरुले विगत लामो समयदेखि आतङ्क मच्चाइरहेका र....

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त भएकाेमा पौडेललाई बधाई दिँदै स्वागत गरे। राजदूत पौडेल र शिष्टाचार महापाल अतनले नेपाल र मलेसियाबीचमा रहिआएको ऐतिहासिक सम्बधका बहुआयामिक पक्षमा छलफल समेत भयो। भेटमा दुई पक्षीय, क्षेत्रीय तथा....

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति ८ः४८ देखि राति ८ः५७ को बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेको दुई छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र....

युक्रेनका थप चार क्षेत्र औपचारिक रूपमै रुसमा मिसिँदै, पुटिनले भोलि हस्ताक्षर गर्ने

लुहान्सक, दोनेत्सक, जापोरिज्जिया र खेरसानमा गरिएको जनमत संग्रहपछि ती क्षेत्र रुसले आफ्नो भएको दाबी गरेको हो। हस्ताक्षर गरेपछि शुक्रबार राष्ट्रपति पुटिनले क्रेमलिनमा एक सम्बोधन गर्नेछन् जसको लागि मस्कोको रेड स्क्वायरमा एक भव्य मञ्च बनाइएको छ।....

बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

त्यसमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको बताइएको छ। डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी रहेको बताइएको छ। बङ्गलादेशी अधिकारीहरूले सोमबार रातिसम्म यहाँ थप व्यक्तिको शव भेटिएको र अहिलेसम्म मृत्यु हुनेको....

सरकार र मोदीको विरोध गर्ने १० युट्युब च्यानलका ४५ भिडियो ब्लकलिस्टमा

सूचना तथा प्रसारण मन्त्रालयले भने देशमा साम्प्रदायिक हिंसा फैलाउने, देशको बारेमा नकारात्मक सन्देश जाने भिडियो बनाएकाले कारबाही गरिएको जनाएको छ। भिडियोमा सरकारले मुस्लिम समुदायको धार्मिक अधिकारी खोसेको आरोप लगाइएको छ। अग्निपथ योजना, भारतीय सशस्त्र बल....

रूसी विद्यालयमा गोली चल्दा सात विद्यार्थीसहित १३ को मृत्यु, तीन दिने शोकको घोषणा

यसअघि यहाँको प्रशासनले दिएको जानकारीमा गोली लागि नौ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको टिआरटी न्यूजले जनाएको छ। आक्रमणकारीले आत्महत्या गरेको र उसको शव फेला परेको र उसले नाजी चिन्ह अङ्कित कालो....

भारतमा ट्र्याक्टर पाेखरीमा पल्टिँदा १० जनाको मृत्यु

४६ जना सवार ट्र्याक्टर पल्टिएर पोखरीमा खस्दा दुर्घटना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ। घाइतेहरूलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ। लखनउ रेन्जका आईजी लक्ष्मी सिंहका अनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको हो। एसडीआरएफको....

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दावी

उत्तर कोरियाली उत्तरी प्रान्त तायचोनको सामुन्द्रिक पानीमा स्थानीय समयअनुसार आइतबार बिहान ६ः५३ बजे सो क्षेप्यास्त्र हानेको दक्षिण कोरियाली सेना प्रमुखले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका हुन्। दक्षिण कोरिया उत्तरबाट हुनसक्ने यस्तो आक्रमणको प्रतिकार गर्न....

पाकिस्तानी प्रधानमन्त्री सरिफले भने, 'भारतसँग शान्ति खोज्छौँ, तथापि जम्मू र कश्मीर विवादको समाधानमा निर्भर रहन्छ'

"हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौँ, दक्षिण एसियामा दीगो शान्ति र स्थिरता चाहेका छौँ तथापि यो कार्य भने जम्मू र कश्मीर विवादको न्यायपूर्ण र दीगो समाधानमा निर्भर रहन्छ", उनले भने। तर भारत भने कश्मीरका सम्बन्धमा पुरानो....

८८ वटा सुटकेसमा प्याक गरिएको साढे तीन टन कोकिन बरामद

योसहित सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागूऔषध बरामद गरिएको छ। इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागूऔषधको तस्करीविरुद्धको लडाइँको घोषणा गरेका छन्। बुधवार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागूपदार्थको तस्करीविरुद्ध लड्न अन्तर्राष्ट्रिय....

हङकङले साढे दुई वर्षपछि हटायो क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी नियम

हङकङका प्रमुख कार्यकारी जोन लीले शुक्रबार पत्रकार सम्मेलनमा शहरको संक्रमण संख्या स्थिर भएकाले क्वारेन्टाइन हटाउन अनुमति दिएको जानकारी दिए। ‘हामी हङकङलाई पुनःस्थापित गर्न र अर्थतन्त्रलाई पुनरुत्थान गर्न अधिकतम प्रयास गर्नेछौं’, लीले भने। हङकङ प्रवेश गर्ने....

सिरियामा लेबनानबाट ल्याएको आप्रवासी चढेको डुङ्गा डुब्दा ३४ जनाको मृत्यु

डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ। उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले लिएको जानकारीअनुसार सिरियाबाट करिब एक सय २० देखि एक सय ५०....

चीनमा भ्रष्टाचारमा दोषी ठहर पूर्वमन्त्रीलाई निलम्बित मृत्युदण्डको सजाय

फू झेंगहुआ २०१८ देखि २०२० सम्म चीनको न्यायमन्त्री थिए। उनले चीनको प्रहरीदेखि सार्वजनिक सुरक्षा मन्त्रालयको उपप्रमुखको पदसमेत सम्हालेका थिए। यसैसाता तीन पूर्वप्रहरी प्रमुखलाई सजाय सुनाएपछि फूलाई जेल पठाइएको हो। चार जनामाथि भ्रष्टाचारको मात्र नभएर चीनका राष्ट्रपति....