भद्रगोल सरकारी सेवा :  हाकिम फेरिएपिच्छे कोठाको फर्निचर फेर्ने सरकारी कार्यालयले सेवाग्रहीलाई घाम-पानी छल्ने छानो किन हाल्दैन ?

सामान्य कामका लागि पनि सरकारी कार्यालयमा सेवाग्रहीले पाउने सास्ती देख्दा लाग्छ कार्यालयमा भीड नदेखी सरकारी कर्मचारीलाई काम गरेको स्वादै आउँदैन। अनि नीति निर्माताको ध्यान पनि कसरी सेवाग्रहीलाई बढीभन्दा बढी समय लाइनमा राख्न सकिन्छ त्यसमा ध्यान....

राष्ट्रिय परिचय-पत्र बनाउन सेवाग्राहीलाई सास्ती : टोकनकै लागि रातभर लाइनमा

सेवा लिनका लागि लाइन बस्नु त छँदैछ, सेवा प्रवेश गर्ने टोकन लिनकै लागि माघको चिसोमा रातभर लाइनमा बस्न बाध्य छन् सेवाग्राही। काठमाडौं, थलीका आशीष सिम्खडा राष्ट्रिय परिचयपत्र बनाउन लाइन बसेका छन्। वैदेशिक रोजगारीका लागि राहदानी....

लाइन बस्नु नपरे त्यो के सरकारी सेवा ? : राहदानी विभागका निर्देशक भन्छन्- यी सब गफ हुन्

राहदानीका लागि लाइन बस्दा–बस्दा हैरान थिए उनी। भन्दै थिए, ‘जहाँ पनि जनतालाई लाइनमा राख्छ सरकार। रोजगारी नदिए पनि पासपोर्ट त समयमा दिए हुने नि। पासपोर्ट बनाउन पनि २/३ महिना पर्खनुपर्छ। इपासपोर्ट भनेर त झनै ढिला....

एउटा सरकारी कार्यालय जहाँ सेवाग्राहीले लाइन नबसी सेवा पाउँछन्

तर, परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग भने चुस्त र छरितो सेवा दिने सरकारी कार्यालयको रुपमा चिनिएको छ।  विभागले विदेशमा रहेका नेपालीका हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरण, विदेशी नियोग तथा कूटनीतिक पदाधिकारीहरुलाई प्रदान....

आफैंले बनाएको नियम उल्लंघन गर्दै काठमाडौं प्रशासन

स्मार्ट लकडाउनका बेला सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने नियम छ। तर जिल्ला प्रशासन काठमाडौंले आफ्नै कार्यालयमा सयौं सेवाग्राहीलाई भेला हुन दिएर आफैंले जारी गरेको नियमको ठाडो उल्लंघन गरेको छ। नियमित सेवा....

स्मार्ट लकडाउन, लद्दु सरकार

तर, नयाँ मतदाता नामावली दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा दैनिक सयौंको लाइन लाग्छ। औसत डेढ घण्टामा लाइन बसेका सेवाग्राहीको नयाँ नामावली दर्ता गराउन पालो आउँछ। एक दिनमा झन्डै पाँच सय जना सेवाग्राहीले सेवा लिन्छन्। ....

रद्द भएको विज्ञापनमा बढुवा सिफारिस: भूपेन्द्र भन्छन्- 'बीचमा के खेल भयो मलाई थाहा छैन'

‘रद्द भएको भए प्रक्रियामा किन गयो त ? मलाई थाहै छैन। अहिले तपाईंले भनेर थाहा पाइरहेको छु', उनले भने।   सोमबार उकेरासँग कुरा गर्दै उनले विज्ञापन रद्द भएको बारे थाहा नभएको बताएका हुन्।  'आयोगले किन....

वीर अस्पतालका प्रमुख डा. भुपेन्द्र रद्द भएको विज्ञापनमा बढुवा सिफारिस भएको खुलासा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बढुवा समितिको सचिवालयले २०७८/०९/२३ मा उनको बढुवा सिफारिसको सूचना जारी गरेको थियो। सूचना अनुसार उनी प्रमुख कन्सल्टेन्ट ग्याष्ट्रोइन्टोरोलोष्टी पदमा बढुवाका लागि सिफारिसमा परे। डा. बस्नेत बढुवा सिफारिस भएको समूह/उपसमूह ‘मेडिसिन/ग्याष्ट्रो इन्टेरोलोजी’हो।  डा. बस्नेतको....

कारागारभित्र कैदीबन्दी चिसोको उच्च जोखिममा: छैन विशेष योजना

तर, चिसोको उच्च जोखिममा रहेका दीर्घ रोगी र वृद्ध कैदीबन्दीका लागि कारागारसँग कुनै पनि विशेष योजना छैन। जोखिम वर्गका कैदीबन्दी पनि अरू कैदीबन्दी जस्तै बस्नुपर्ने बाध्यता छ। देशभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पनि उचित व्यवस्थापनमा....

किन गोप्य राखियो प्रधानमन्त्री देउवाको सम्पत्ति?  

शेरबहादुर देउवा प्रधानमन्त्री भएको झन्डै ६ महिना भइसक्यो। प्रधानमन्त्री कार्यालयको वेबसाइटमा उनले सम्पत्ति विवरण बुझाएको उल्लेख छ। तर, विवरण सार्वजनिक गरिएको छैन।  यसअघि उनी प्रधानमन्त्री हुँदा भने सम्पत्ति विवरण सार्वजनिक भएको थियो। उनी मात्रै होइन,....

ससुरा विष्णु पौडेलको संरक्षणमा ट्रमा सेन्टरमा  छ वर्षदेखि नियम मिच्दै डा गौरवको नियुक्ति

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ अनुसार एक वर्षका लागि मात्र करारमा राख्न सकिन्छ। तर उनी ६ वर्षदेखि त्यही छन्। उनी २०७२ मा प्रतिष्ठान अन्तर्गत नवौँ तहमा कन्सल्टेन्ट अर्थोपेडिक....

ठेकेदार-कर्मचारीको 'सेटिङ' र सर्वोच्चले फैसला नदिँदा १२ वर्षदेखि अलपत्र बनेको अस्पताल

सम्झौताअनुसार काम हुन्थ्यो भने स्वास्थ्य चौकी २०६७ सालमै बनिसक्नुपर्थ्यो। तर ठेकेदार कम्पनीको बदमासीका कारण भवन अलपत्र छ। कम्पनीले भवन निर्माणमा कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयस्तरबाट अख्तियारमा गुनासो गएपछि निर्माणको काम रोकिएको थियो। स्थानीय हिरा विकका अनुसार अधुरो....