शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर 

हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइईए)मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ। साथै पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग....

दैलेखको देउती आधारभूत विद्यालय: जहाँ आकासमा बादल लाग्नासाथ विद्यार्थी र अभिभावक तर्सिन्छन्

यहीँ अध्यनरत सोबिना शाहीलाई पनि विद्यालय छिर्नेबित्तिकै चर्किएको भवन देख्दा डर लाग्छ। ‘घरबाट स्कुल आउन त मन लाग्छ। तर अकासमा बादल लाग्नासाथ कक्षाकोठाको भवन भत्किने हो कि भन्ने चिन्ता लाग्छ’, उनले भनिन्, ‘वर्षामा पानी र....

बाल दिवसका अवसरमा नरैनापुर गाउँपालिकाले उत्कृष्ट विद्यार्थीलाई दियो ल्यापटप

सम्मानित हुने विद्यार्थीहरूमध्ये दिक्षीणा यादव र पवनसिंह यादवले एसईईमा सर्वोत्कृष्ट अंक ल्याएका थिए। उनीहरूलाई ल्यापटप प्रदान गरिएको थियो। अरू उत्कृष्ट विद्यार्थीहरूलाई नेपालको संविधान, कापी, झोला, प्रमाणपत्र र खादा लगाइएको थियो।

काठमाडौं विश्वविद्यालयद्वारा स्नातकमा चार वर्षे योग शिक्षा पढाउन सुरु

उच्च क्षमतायुक्त योग विज्ञ तथा अन्वेषकबाट अध्यापन हुने यो कोर्सको सबै व्यवस्थापन स्कुल अफ आर्टस्‌ले गरेको विश्वविद्यालयले जनाएको छ। अन्तर्राष्ट्रियरूपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकसित भइरहेकाले त्यसलाई मध्यनजर गरेर विश्वविद्यालयले यस विषयको पठनपाठन....

विश्वविद्यालयमा तालाबन्दी गर्नु महापाप : मन्त्री पौडेल

अन्तर्राष्ट्रिय सारक्षता दिवसको अवसरमा शिक्षा तथा मानव स्रोत विकासले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विश्वविद्यालय सुधारको निम्ति उठेका विषयहरूलाई छलफलबाट टुंगाउन सकिने जिकिर गरे। पवित्र स्थलमा तालाबन्दी गर्ने, तोडफोड गर्ने, पठनपाठनमा डिस्टर्ब गर्ने कुरा....

त्रिविका होस्टेल : चौकीदारले केटी रोक्छन्, गन्ध पछ्याउँदै शौचालय पुगिन्छ (तस्बिरहरू)

यदि तपाईं केटी मान्छे हो भने त्यहाँ शितलमा बसिरहेका केही वृद्ध व्यक्तिले तपाईंलाईं गेटबाटै फर्काइदिन्छन्। त्यसरी रोक्नेहरू रहेछन्, त्यहाँका चौकीदार र कार्यालय सहायक। यदि उनीहरू त्यहाँ नभएका बेला पुग्नुभयो र अरु कसैले रोकेन भने मान्नुस्....

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोजमा ३० र ३१ गते, कस्ता विद्यार्थीले दिन पाउने ?

यस्तै, असोज ३१ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। ०७९ को जेठमा भएको नियमित परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा ‘डी’ वा....

कक्षा १२ नतिजा : ३५ विद्यार्थीले ल्याए १.६१ देखि २ जीपीए, १ लाख ८८ हजार ग्रेडविहीन

बोर्डका अुनसार २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा ६५ हजार २ सय ८४ धेरै छ। ६४ हजार ९३ विद्यार्थीले २.४१ देखि २.८० जीपीए ल्याउँदा ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ३० हजार १....

सुरक्षा खतरा बढेको भन्दै त्रिविका उपकुलपतिले मागे छ जना पीएसओ

त्रिविका पदाधिकारी नियमित काममा खट्ने क्रममा विभिन्न विद्यार्थी संघबाट तालाबन्दी गर्ने, उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कुर्सी जलाउने, बारम्बार कार्यकक्ष तोडफोड गर्ने, कर्मचारीहरूलाई मानसिक तनाव दिने, दैनिक फोन गरी धम्क्याउने गरी बारम्बार आक्रमणको प्रयास गरेको उपकुलपतिले....

नेविसंघले कामै गर्न नदिएको त्रिवि उपकुलपतिको बास्कोटाको दाबी, तालाबन्दी गरेको गर्‍यै

एक महिनादेखि रजिस्ट्रार, व्यवस्थापन र मानविकी डिन कार्यालयमा नेविसंघले तालाबन्दी गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा शुक्रवार जमलमा रहेको यल्लो प्यागोडा होटेलमा कार्यकारी परिषद्को बैठक बस्दा नेविसंघका कार्यकर्ता योगेन्द्र रावल, श्यामराज ओझा लगायतका विद्यार्थीले कागजात....

त्रिभुवन विश्वविद्यालयद्वारा सरकारसँग शान्ति सुरक्षा माग

विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप छ। पदाधिकारीको कार्यकक्षमा प्रवेश गर्ने तथा....

शान्ति नमूनाले सञ्चालन गर्‍यो प्रदेशकै पहिलो अटिजम विद्यालय

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खाँले अटिजम भएका बालबालिकाहरूलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचारको आवश्यक व्यवस्था मिलाउन मन्त्रालय तयार रहेको बताए। पुनर्स्थापनाबाट सामान्य अवस्थामा ल्याउन र बालबालिकाको जीवन सहज बनाउन शान्ति नमूनाले चालेको कदममा सहयोग गर्ने....

केयूको प्रकृति तथा सामाजिक चिन्तन समाजले विभिन्न कार्यक्रमको आयोजना गर्ने

काठमाडौं विश्वविद्यालयमा अध्यापन हुने महत्त्वपूर्ण विषय वातावरण विज्ञानमा अध्ययनरत विद्यार्थीहरूले सञ्चालन गरिरहेको विभागीय क्लब हो- एनएससीएस। क्लबले स्थापना कालदेखि नै पर्यावरणीय क्षेत्रमा कार्यक्रम गर्दै आएको छ। यस्तै प्रकृति मानवको मात्र नभई सबै प्राणीको साझा घर हो....

त्रिविको जीर्ण होस्टलमा पनि गैर विद्यार्थीको कब्जा, निस्कि भन्यो कि प्रशासनमै ताल्चा लगाएर हिडिदिन्छन्

काठमाडाैं उपत्यका बाहिरबाट पढ्न आउने विद्यार्थीको सुविधाका लागि बनाइएको होस्टलको भौतिक अवस्था गम्भीर समस्या भयो नै। अर्को समस्या विद्यार्थीभन्दा पनि गैर विद्यार्थीकाे कब्जा। छात्रवासका कर्मचारी अर्जुन थापा हाकाहाकी होस्टलमा बस्ने ७० प्रतिशत अवैध रहेको बताउँछन्। होस्टलको कोठा....

नीमाको सहयोगमा शिवपुरी माविमा ‘डिजिटल  रूपान्तरण यात्रा’ सुरु

घोषणा सभामा राजधानीका ४० भन्दा धेरै विद्यालयका प्रधानाध्यापक र स्टिमका फोकल शिक्षकहरूको उपस्थिति थियो। नीमा एकेडेमीको एक हप्ते रोबोटिक्स शिक्षा क्याम्पमा सिकेर विद्यार्थीहरूले तयार गरेका विभिन्न भौतिक प्रोजेक्टहरू यस कार्यक्रममा प्रदर्शनीमा राखिएका थिए। कार्यक्रममा बोल्दै....

७० वर्षभन्दा माथिका शिक्षकले चिकित्सा शास्त्र अध्यापन गराउन नपाउने

शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि मापदण्ड ल्याइएको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए। स्वीकृत मापदण्डमा भएको उमेरको मापदण्ड पाँच वर्षपछि कार्यान्वयनमा आउने छ। नयाँ मापदण्डको १४ नम्बर बुँदामा....

तह र मर्यादा ख्याल गर्न निर्वाचन आयोगलाई शिक्षक महासंघको पत्र

महासंघले आयोगलाई निर्वाचनमा तह र मर्यादालाई ख्याल राखी सोही अनुसार निर्वाचन टोलीमा जिम्मेवारी दिन आग्रह गरेको छ। आयोगलाई लेखिएको पत्रमा पत्रमा प्रावि तृतीय र खरिदार समान हुने, प्रावि द्वितीय, निमावि तृतीय र नायव सुब्बा समान....

आफ्नै इन्जिनियरिङ कलेज खोल्न गृहकार्य गर्दै नेपाली सेना

यसका लागि गृहकार्य भइरहेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए। ‘इन्जिनियरिङ कलेज स्थापनाका लागि अवधारणागत योजना बनेको छ। त्यसको लागि होमवर्क भइरहेको छ’, उनले भने। यस्तै कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन चरणको काम भइरहेको उनले बताए।....

त्रिचन्द्र क्याम्पस पुनर्निर्माण : आधा रेट्रो फिटिंग, आधा पुरै भत्काउने

क्याम्पस सहायक प्रमुख तथा सूचना अधिकारी बालकृष्ण पौडेलका अनुसार सय वर्ष पुरानो भवन क्षेत्रको रेट्रोफिटिङ गर्ने तयारी गरिएको छ। अन्य भवन भने भत्काएर पुरानै स्वरूपमा निर्माण गर्ने तयारी भइरहेको छ। क्याम्पसको प्रवलीकरणकार्य भवन निर्माणका लागि....

जनक शिक्षाले समयमै छपाइ नगर्दा कर्णाली प्रदेशमा ६० हजार पाठ्यपुस्तक अभाव

यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ। जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि बढी अभाव रहेको....